माघ २४ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने झापा गोल्डकपको सातौँ संस्करणको तयारी पूरा गरिएको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने फुटबल प्रतियोगिताको तयारी पूरा भएको रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी गराएको हो । ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’का रूपमा आयोजना गरिने झापा…