भरतपुरमा अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

चितवनको भरतपुरमा यही चैत २५ गतेदेखि प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उद्देश्यका प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको बताइएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र भरतपुरका विभिन्न स्थानमा खेल खेलाइने खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिएका छन् । प्रतियोगितामा समावेश गरिएका नौ…