अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । उनलाई प्रतिबन्धसँगै ५० हजार जरिवानासमेत गरिएको छ । एन्फाले बुधबार (१४ फागुन) विज्ञिप्ति जारी गर्दै हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लबसितको खेलमा सरस्वतीका कप्तान दीपेशले मिलेमतो गरेको आरोप लगाएको छ ।…