ललितपुर मेयर कप राष्ट्रिय महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा एपिएफ क्लब लगातार चौथो खेलमा पनि विजयी भयो । जितसँगै एपिएफ आठ अङ्कसहित शीर्ष स्थानमा छ । पराजित…