एसियाली खेलकुद (एसियाड)का रजत पदकविजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको उक्त कार्यक्रममा एरिकालाई सात हजार ११ अमेरिकी डलर र प्रशंसापत्रसहित सम्मान गरिएको साग स्वर्ण विजेता लामाले जानकारी दिइन् । च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौंको बालाजुमा विगत चार वर्षदेखि…