हिन्दीलाई पछार्दै नेपाली छड्के

हिन्दीलाई पछार्दै नेपाली छड्के


funtimeआफू गतिलो चिज नबनाउने अनि दर्शक नै आएनन् भनेर खाली दर्शकलाई गाली गर्ने सिनेकर्मीलाई चलचित्र छड्केले राम्रोसँग थप्पड हानेको छ । गत शुक्रबार र शनिबार यो चलचित्र हेर्ने सिनेमा हलमा उर्लिएको दर्शकको भीड साँच्चि नै ऐतिहासिक र उल्लेखनीय थियो । यसअघि चलचित्र लुटमार्फत दर्शकमाझ राम्रै छाप छोडेको यो समूहले छड्केसम्म आइपुग्दा आफ्नो त्यो साखलाई गिर्न दिएन । युवाको काम, उत्साह र सीपमाथि विश्वास गर्ने निर्माताद्वय माधव वाग्ले र नरेन्द्र महर्जनले लुटबाट त्यसका निर्देशक निश्चल बस्नेतलाई शिखरमा पु-याइदिएका थिए भने अहिले छड्केबाट यसका निर्देशक निगम श्रेष्ठ चर्चामा आएका छन् ।
राम्रो चिज हेर्नका लागि दर्शकहरू लामो समयसम्म कुर्न तयार हुने र त्यो चिज बजारमा आएपछि भीड लाग्ने उनीहरूको शैलीलाई छड्केको युनिटले राम्रोसँग ‘क्यास’ गर्न सफल भयो । शुक्रबार र शनिबार जम्मा दुई दिन मात्रको व्यापार पनि सवा करोड गरेपछि साँच्चै नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्यामा कमी आएको छैन भन्ने कुरा स्पष्ट भएको छ । शुक्रबार र शनिबार आक्रामक ओपनिङ गरेको चलचित्र छड्के लगाएर गोपीकृष्ण हलले आफूले किनेको हिन्दी चलचित्र उतारेको थियो । सञ्जय दत्तको अभिनय गरेको हिन्दी चलचित्र ‘जिल्ला गाजियावात’को नामोनिशाना मेटाएको छड्केको बारेमा यस्तो वास्तविक चर्चा नभएकोमा भने निर्माता माधव वाग्ले चिन्तित छन् । उनले घटना र विचारसँग भने, ‘सिनेमा हलमा आउन बिर्सिसकेका दर्शकको उपस्थिति फेरि हलमा गराउन सकियो । यो कुरा कतै आएन । तर, एक–दुईवटा त्रुटिलाई पहाड बनाइयो ।’ वाग्लेले अर्बाैंमा बन्ने भारतीय चलचित्रलाई उछिन्न सक्नु नै आफ्नो सफलता भएको कुरा बताएका छन् ।
कमी दर्शकहरूमा नभएर मेकरहरूमा नै रहेको कुरा छड्केका निर्माता माधव वाग्लेले बताए । ‘आफ्नोपन र आफ्नो चलचित्र हेर्ने दर्शकहरू आतुर छन्, तर हामीले कुरा बुझेनौँ । नराम्रो चिज दिने अनि खाएन भनेर दर्शकहरूलाई गाली गर्न समिल्छ ?’ उनको प्रतिप्रश्न छ । छड्के हेर्न दर्शकहरूको भीड लाग्छ भने अरू सिनेमा हेर्न पनि भीड लाग्नुपर्छ र त्यस्तो वातावरण सबैले सिर्जना गर्नुपर्छ भन्ने विचार निर्माता वाग्लेको छ ।
जिन्दगीमा आफूले तीनवटा फिल्म बनाएको र तीनवटै फिल्मले ‘वाहवाही’ कमाएकोमा निर्माता माधव वाग्ले कम दङ्ग छैनन् । ‘फस्र्ट लभ, लुट र छड्के गरेर तीन सिनेमामा सफलता हात पारेपछि मैले ह्याट्रिक गरेको छु । मैले आफ्नो पहिचान बनाएकोमा गौरव लागेको छ,’ उनले भने ।
भारतीय अनिनेता सञ्जय दत्त र छड्केको युनिटबीच एउटा संयोग पनि के मिलेको छ भने गत वर्ष सञ्जय दत्तको चलचित्र ‘अग्निपथ’सँगै लुटको प्रदर्शन पनि जुधेको थियो । त्यतिबेला अग्निपथलाई पछारेको थियो लुटले भने अहिले सञ्जय दत्तकै अर्को चलचित्र ‘जिल्ला गाजियावाद’लाई छड्केले बता-यो ।
तीन दिनमा करिब सवा करोड कलेक्सन गर्न सफल छड्केले आफ्नो दर्शकको यात्रालाई अगाडि बढाइरहेको छ भने फेरि एकपटक नेपाली चलचित्रका दर्शकहरूमा रक्तसञ्चार गरिदिएको छ । लहर ल्याउन सफल छड्के हेर्ने सबैले यो सिनेमालाई शतप्रतिशत राम्रो नभने तापनि मिश्रित प्रतिक्रिया बाबजुद पनि छड्के हेर्न हलतिर दर्शकहरू ओइरनु नेपाली सिनेमा हेर्ने दर्शकहरूको खोजी गर्नुपर्ने अवस्थामा यसलाई सकारात्तमक रूपमा लिँदा राम्रो होला । छड्के हेर्न सिनेमा हलमा आएका दर्शकको भीडले अन्य नेपाली सिनेकर्मीमा पनि उत्साह र हौसला भने अवश्य थपेको छ । दर्शक छन् र एउटा उत्सुकता र कतूहल जगाउन सकेमा नेपाली चलचित्र हेर्ने दर्शकको कमी छैन भन्ने कुरा स्पष्ट भएको छ । कुनै पनि चिज र कोही पनि शतप्रतिशत दूधले नुहाएको त कहाँ हुन्छ र ?

मेलिना र नन्दिताका पीडा
उस्तै अभिनय, उस्तै उपस्थिति अनि एकैखालको चरित्र । यही कारण र समयअनुरूप भूमिकाको चयन गर्न नसक्नु अनि दर्शकहरूको मागअनुसार आफूलाई प्रस्तुत गर्न नसक्नुले नै यतिबेला नेपाली सिनेमाका केही नायिकाको अवस्था गुमनामजस्तै हुन थालेको छ ।
सिनेमाको पर्दामा देखिरहनुपर्ने नायिका यतिबेला त्यसो नभएर आफ्नो चाहना र इच्छालाई मार्न बाध्य भइरहेका छन् । कोही घरमा नै सीमित भइरहेका छन् भने कोही खुम्चिएर टेलिभिजन क्षेत्रमा देखापर्न थालेका छन् । कुरा दुई नायिकाको हो । उनीहरू हुन् मेलिना मानन्धर र नन्दिता केसी । जति फिल्म पाए तापनि वा जति राम्रा अवसरहरू आए तापनि मेलिना र नन्दिताले खासै बजार हल्लाउन र तताउन सकेनन् । अभिनय शैलीका कारणले भन्दा पनि अनुहारका कारण मात्र यी दुईले सिनेमा पाइरहेका थिए । तर, केही समयता आएर मेलिना र नन्दिताको हातमा पनि सिनेमा परिरहेका छैनन् ।
विवाह गरेपछि एक सन्तान जन्माएकी मेलिना यतिबेला घरपरिवार सम्हालेर बसेकी छिन् । नयाँ अनुहारहरूको बाहुल्य भइरहेको अहिलेको चलचित्र बजारमा अब जसरी आए तापनि मेलिनाले नेपाली सिनेमामा कमाल देखाउन नसक्ने निश्चित छ । घरपरिवार सम्हालेर बसेकी मेलिनाको सुन्दरताको बयान गरेर नथाक्ने निर्माता–निर्देशकहरू पनि यतिबेला घर सम्हालेर बसेका कलाकारहरूको पुनरागमनले खासै कमाल नदेखाउने ठोकुवा गर्छन् ।
यसैगरी ठूलो पर्दामा रामै्रसँग जमेकी नन्दिता केसी पनि यतिबेला सानो पर्दामा अर्थात् टेलिभिजनमा सीमित हुन पुगेकी छिन् । एक चलचित्रसम्बन्धी कार्यक्रमको प्रस्तोताको रूपमा उनलाई यतिबेला दर्शकहरूले हेरिरहेका छन् । अचम्म लाग्दो कुरा के छ भने उनी स्वयम् फिल्म नपाएर टीभीतिर लागेकी छिन् ।
तर, उनी आफैं फिल्म नपाएका अन्य नायिकाहरूको बारेमा बोल्छिन् । नन्दिता आफैँ फिल्म नपाएर गुमनाथ भइरहेकी छिन् भने उता उनी आफैँ आफ्ना सहकर्मीको बारेमा मूल्याङ्कन गर्छिन् । नन्दिताको यो हालत देखेर समीक्षकहरू भन्न थालेका छन्– अरूलाई गाली गर्ने र मूल्याङ्कन गर्ने नन्दिताको मूल्याङ्कनचाहिँ कसले गर्ने नि ? आफ्नै अवस्था हात फैलाउनुपर्नेछ । तर, नन्दिता उक्त कार्यक्रममा काम नपाएर नायिका हात फैलाउन बाध्य छिन् भनेर ठूला कुरा गर्छिन् । आफैँ सिसाको घरमा बसेर अरूको सिसाको घरमा ढुङ्गा हान्न मिल्छ र ? यो कुरा नन्दितालाई चेतना भया ।

उज्ज्वलको ‘न्यानो सहर’
काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्ष्ँेत्रमा नयाँ पुस्ताको प्रवेश जबर्जस्त बनिरहेको छ । सङ्गीतप्रति विशेष लगाव, झुकाव र साधना भएकाले नै नयाँ पुस्ताले नेपाली सङ्गीतको विकास र विस्तारमा महŒवपूर्ण भूमिका खेलिरहेका छन् । यही क्रममा सङ्गीतमा नौलो आयाम थप्ने प्रयासस्वरूप एक क्ष्ँमतावान् गायक उज्ज्वल केसीको प्रवेश भएको छ । बच्चैदेखि गीत–सङ्गीत भनेपछि मरिहत्ते गर्ने गायक उज्ज्वलको डेब्यु एल्बम ‘न्यानो सहर’ हालै बजारमा आएको छ । निकै लामो मिहिनेतपछि उनले विकल्प क्रियसनमार्फत ‘न्यानो सहर’ श्रोतामाझ ल्याएका हुन् । यो एल्बममा पप/आधुनिक शैलीका ६ वटा गीत समाविष्ट गरिएको छ । अस्ट्रेलियामा अध्ययन गरिरहेका उज्ज्वल एल्बमको काम सकेर केही समयअगाडि उतै फर्किसकेका छन् ।
एल्बममा शीर्ष गीत ‘न्यानो सहर’सँगै ‘परिवर्तन’, ‘रातमा’, ‘एक्लो’, ‘रुन्न भन्थे’ र ‘बर्सिदेऊ’ बोलका गीतहरू रहेका छन् । जसमध्ये शीर्ष गीतको रचना र सङ्गीत मनीष गोदार, ‘परिवर्तन’ र ‘एक्लो’को विकास भुजेल, ‘बर्सिदेऊ’को हर्कुलस बस्नेत र ‘रुन्न भन्थे’को सचिन थापाले गरेका हुन् । ‘रातमा’को रचना अरुण तिवारीले गरेका हुन् भने कल्याण सिंहको सङ्गीत सुन्न सकिन्छ । त्यस्तै, एल्बमका गीतहरूमा विकास भुजेल, गोपाल रसायली र मनीष गोदारको एरेन्ज रहेको छ । जसमध्ये ‘परिवर्तन’ र ‘रातमा’को म्युजिक भिडियो पनि तयार पारिएको छ । दुवै भिडियोमा गाएक उज्ज्वललाई देख्न सकिन्छ । अहिले यी दुवै गीत विभिन्न टेलिभिजनबाट प्रसारण भइरहेको छ । उनले आगामी दिनमा सबै गीतको म्युजिक भिडियो तयार पार्ने जानकारी दिँदै उनले भने, ‘हुन त गीत सुन्ने माध्यम भएकोले म्युजिक भिडियो अनिवार्य छैन तर गीतलाई अझ जीवन्तता प्रदान गर्न भिडियोले सहयोग गर्छ र बजारको माग पनि त्यस्तै छ । त्यसैले सकेसम्म सबै गीतको भिडियो बनाउने कोसिसमा छु ।’ एल्बममा सङ्ग्रहित ‘बर्सिदऊ’ बोलको गीतमा प्रकृतिको सुन्दर छटाहरू वर्णन गरिएको छ । यस्ता प्रकृतिप्रेमी गीत नेपाली साङ्गीतिक क्ष्ँेत्रमा असाध्यै कम भएको उज्ज्वलको दाबी छ । त्यस्तै, अन्य गीतहरूमा मानवजीवनका उतारचढाव र प्रेम–भावनालाई अभिव्यक्त गर्ने प्रयास गरिएको छ ।
अस्टे«लियाबाट सिभिल इन्जिनियरिङमा ब्याचर सकिसकेका उज्ज्वल सङ्गीतबाट कुनै हालतमा टाढा नबस्ने बताउँछन् । ‘पेसाकै रूपमा नअपनाए पनि सङ्गीतबाट टाढा भएर खुसी हुन सक्दिनँ,’ उनी भन्छन्, ‘त्यसमाथि श्रोताको मायाका लागि पनि गायनलाई निरन्तरता दिन्छु ।’

राजधानीमा लुछाचुँडी–०६९
हेटौँडा चेली समाजको आयोजनामा ‘लुछाचुँडी २०६९’ नामक सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको छ । राजधानीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा फागुन १८ गते शुक्रबार आयोजना हुने सो सांस्कृतिक कार्यक्रममा नेपाली कलाकारिता क्षेत्रका हस्तीहरूको सहभागिता रहने कुरा कार्यक्रम संयोजक तथा कलाकार विनोद केसीले बताए । उनका अनुसार लुछाचुँडी साँझ २०६९ मा किरण केसी, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, शैलेन्द्र सिंखडा, मल्लिका कार्की, सम्झना बुढाथोकी, पशुपति शर्मा, निशा सुनुवार, विष्णु सापकोटा, कविता शर्मा, चेतन सापकोटा र लक्ष्मण शेषले विभिन्न प्रस्तुति प्रस्तुत गर्नेछन् ।