सांसद दवाडीले आफूले पाएको सुविधा शिक्षा क्षेत्रमा सहयोग गरे

सांसद दवाडीले आफूले पाएको सुविधा शिक्षा क्षेत्रमा सहयोग गरे


प्रदेश नं ४ का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएवापत पाएको सेवा सुविधा शिक्षा क्षेत्रमा सहयोग गरेका छन् । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडीले आफू निर्वाचित भएपछि पाउने सेवा सुविधा निर्वाचन क्षेत्रमा खर्च गर्ने घोषणा गरेका थिए ।

उनले सिरानचोक गाउँपालिका वडा नं ७ मा अवस्थित जनकल्याण माध्यामिक विद्यालय श्रीनाथकोटमा रु ५५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षयकोषबाट आएको व्याजले गरिब तथा जेहन्दार विद्यार्थीलाई पोशाक, कापी, कलम वितरण गरिने सांसद दवाडीले बताए ।

लामो समयदेखि समाजसेवीको भूमिकामा गोरखामा काम गरेका दवाडी विसं २०७४ मंसीरमा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा निर्वाचित सांसद हुन् ।