वीरेठाँटीका विद्यार्थीलाई छात्रवृत्ति

वीरेठाँटीका विद्यार्थीलाई छात्रवृत्ति


कास्कीको अन्नपुर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । हिजो सोमबार एक कार्यक्रममा बीच विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

जिल्ला शिक्षा कार्यालय कास्कीको सहयोगमा वितरण गरिएको माध्यामिक जेहेन्दारतर्फ ९ जना, दलिततर्फ ३५ जना छात्र र आधारभुत तहतर्फका ६० जना दलित छात्र र ४२ जना छात्रालाई वितरण गरिएको हो ।

विद्यार्थीहरूले जेहेन्दारतर्फ नगद १७ सय, दलित छात्रले ५ सय र आधारभुततर्फका दलित विद्यार्थी तथा छात्राले नगद ४ सय रुपैयाँका दरले नगद प्राप्त गरेका छन् । कार्यक्रममा चिनबहादुर पियारी गुरुङ प्रतिष्ठान र विरेठाँटी क्यानोनिङ प्रालिले सयुक्त रुपमा करिव ५० हजार बराबरको स्टेशनरी सामान वितरण समेत गरेको छ । वितरण कार्यक्रममा बोल्दै चिनबहादुर पियारी गुरुङ प्रतिष्ठानका अध्यक्ष पुर्णबहादुर गुरुङले विद्यालयका विद्यार्थीहरूका लागि प्रतिष्ठानले गर्दै आएको सहयोगमा वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाए ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सल्लाहकार एवम लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले विद्यार्थीको भविष्य देशसंग जोडिने भन्दै शिक्षा प्रदान गर्न कुनै कन्जुस्याइँ गर्न नहुने जिकीर गरे । उनले विद्यालयको स्तरउन्नतिका लागि आफुले सक्दो सहयोग गर्ने समेत बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होसियारसिँह गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपुर्ण गाँउपालिलका–८ का वडाध्यक्ष विजय गुरुङले विद्यालयमा क्याम्पस संचालन गर्ने अभियानमा आफुँ रहेको भन्दै सबेको सहयोग आवश्यक रहेको औंल्याए । विद्यालयका प्रध्यानाध्यापक प्रेमबहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहप्रध्यानाध्यापक एकराज पौडेलले सञ्चालन गरेका थिए ।

– भुपाल गुरुङ