मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु


शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । सिराहाको धनगढी नगरपालिका–३ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट उनको मृत्यु भएको हो ।

स ८ प ५३६६ नं को मोटरसाइकलले दिँदा स्थानीय ६५ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले धनगढीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकलका चालक लहान नगरपालिका १३ निवासी २५ वर्षीय अखलेशकुमार महतो पनि घाइते भएकाले उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।