नेपाल प्रेस युनियनको आज २७ औं स्थापना दिवस

नेपाल प्रेस युनियनको आज २७ औं स्थापना दिवस


आज नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवस । स्थापना दिवसको उपलक्ष्यमा केन्द्रीय समितिका तर्फबाट काठमाडौंको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा विशेष कार्यक्रमको आयोजना गरिएको केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले जनाएका छन् ।

कार्यक्रम बिहान ८ बजेबाट शुरु भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला लगायतका नेताहरु उपस्थित भएका छन् । यसै कार्यक्रममार्फत काँग्रेसलाई थप एकतावद्ध हुन मद्धत मिल्ने विश्वास गरिएको छ ।

विभिन्न जिल्लामा प्रेस युनियनले विशेष कार्यक्रम गरी प्रेस युनियन दिवस मनाउँदैछ । रक्तदान कार्यक्रमदेखि स्वास्थ्य परीक्षणसम्मका कार्यक्रम पनि राखिएका छन् । केही स्थानमा अन्तक्र्रिया कार्यक्रम राखिएका छन् ।

लोकतन्त्रमा आस्था राख्ने श्रमजिवी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको ०४८ साल जेठ १३ गते अग्रज पत्रकारहरुको अगुवाइमा शुरु भएको थियो ।