मंगलबार ४ बजे बजेट ल्याइँदै

मंगलबार ४ बजे बजेट ल्याइँदै


सरकारले यही जेठ १५ गते बजेट ल्याउने भएको छ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको अनुमान (बजेट) पेश हुने भएको हो।

सभामुख कृष्णबहादुर महराले दिएको जानकारीअनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार अपराह्न ४ः०० बजे संयुक्त सदनमा बजेट पेश गर्नेछन् । नेपालको संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ १५ गते पेश गर्नुपर्ने प्रावधान छ ।