थकालीघरबाट पाँच महिला नियन्त्रणमा

थकालीघरबाट पाँच महिला नियन्त्रणमा


पोखरा लेखनाथ महानगरपालिका–८ बगालोलस्थित थकाली घर एण्ड होटलमा अवैध रुपमा यौन ब्यवसाय चलाइएको भन्दै प्रहरीले छापा मारेको छ । सो क्रममा पाँच महिलालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले स्ट्रिङ अपरेसन गर्दा उक्त ठाउँबाट यौन ब्यवसायमा संलग्न केटीहरु ४ जना र होटल संचालक जिल्ला बाग्लुङ तित्याङ गापा ६ घर भई पोखरा (बगालेटोल)की पम्फा नेपालीसहित पाँचजनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

यसैगरी जथाभावी यात्रु चढाउने, यात्रुलाई दुःख दिने र सवारी साधन दुर्गन्धित बनाई यात्रुलाई असहज यात्रा गराउने तीन माईक्रोबसलाई पनि प्रहरीले नियन्त्रणमा लिई कारवाही अघि बढाएको छ ।

पोखरादेखि विभिन्न स्थानमा जाने यात्रुवाहक माईक्रोबसहरुले तोकिएको स्थानमा सवारी साधन नरोकी जहाँ पायो त्यहीँ सवारी साधन रोकी यात्रु चढाउने, यात्रु चढाइसकेपछि समयमा नजाने, विभिन्न बहानामा हैरानी दिने र सवारी साधन दुर्गन्धित बनाई यात्रुलाई असहज यात्रा गराउने माईक्रोबसलाई कास्की प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको हो ।