डुवानको जोखिममा वीरेन्द्र बजार

डुवानको जोखिममा वीरेन्द्र बजार


राजविराज । सप्तरीको रुपनी गाउँपालिकाकै प्रमुख बजारको रुपमा रहेको विरेन्द्र वजारमा पानीको निकास नहुँदा डुवानको उच्च जोखिममा परेको छ, तर सम्वन्धित निकाय वेखवर बनेर बसेका छन् ।

वर्षौंदेखि पानी निकास हुने कलभर्ट अतिक्रमण गरेर वजारलाई डुबानको जोखिममा पार्दा समेत बजार समिति देखेर पनि नदेखेझैँ गरी बसेका हुन् ।

बजारमा लाखौँ खर्च गरेर नाला बनाएको जानकरी दिँदै स्थानीय जयनारायण यादवले भने, उहिल्यैदेखि बजारको पानी निकासी गर्ने कलभर्ट अतिक्रमण हुँदा लाखौँको लगानी उपलब्धिहीन बनेको छ ।

अतिक्रमण भएको कलभर्ट पूर्ववत सञ्चालनमा ल्याउन बजार व्यावस्थापन समिति, रुपनी गाउँपालिकाको अध्यक्ष र वडा नम्बर ६ को वडा अध्यक्षलाई पटक—पटक अग्रह गर्दा समेत सुनुवाई नभएको उनले गुनासो गरे । बजारको पानी निकासी हुने क्षेत्रमा धमाधम माटो भर्दासमेत सम्बन्धित निकयहरु मुकदर्शक बनेर बसेको यादवको आरोप छ ।

बजार व्यवस्थापन समितिले बजार विस्तार गर्न बजार क्षेत्रको राजमार्गदेखि दुवैतर्फ २५—२५ मिटर खाली गराए पनि बजार डुवानको खतरा भने कायमै रहेको स्थानियवासीले जानकारी गराएका छन् । वजार समितिकोे निरिहताले स्थानीय साना व्यपारीहरुले वर्षायाममा बढी डुबानको जोखिम मोल्नुपर्ने वजारवासीहरुले बताएका छन् ।

बजारलाई डुवान क्षेत्र हुनुबाट वचाउन समयमै अतिक्रमण हटाई पानीको निकास खोज्न उनीहरुहरुले सम्बन्धित निकायसमक्ष माग राखेका छन् । रुपनी गाउँपालिकाकै प्रमुख व्यापारिक केन्द्रको रुपमा रुपनी र वीरेन्द्र बजार रहेको छ ।