सबै स्थानीय तहमा चार वर्षभित्रै प्राविधिक शिक्षालय

सबै स्थानीय तहमा चार वर्षभित्रै प्राविधिक शिक्षालय



सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा व्यावसायिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालय स्थापना गर्ने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । ती प्राविधिक शिक्षालय स्थानीय परिवेशका हुनेछन् ।

‘जुन स्थानीय तहमा जस्तो किसिमको प्राकृतिक स्रोत साधन उपयोग गरेर विद्यार्थीलाई दक्ष बनाउन सकिन्छ, त्यहाँ हामी त्यस्तै किसिमको शिक्षा दिनका लागि शिक्षालय स्थापना गर्छौँँ’, उनले भने, ‘स्थानीय तहका विद्यार्थीलाई स्वरोजगार र व्यावसायिक बनाउन शिक्षालय स्थापना गरिनेछ ।’ स्नातक तहसम्मका ती शिक्षालय मन्त्रालयले चार वर्षमा नै स्थापना गरिसक्ने उनले बताए । उनका अनुसार बजेट केन्द्रीय सरकारले विनियोजन गरिदिने र निर्माणको जिम्मा भने स्थानीय तहलाई नै दिइने छ । कृषि, सूचना प्रविधि, ऊर्जालगायत विषय शिक्षालयमा पढाइ हुनेछ ।

यसैगरी सबै स्थानीय तहमा तीन वर्ष्भित्र कालोपत्रे सडक पु¥याउने विषय बजेटमा ल्याउन लागिएको प्रवक्ता अधिकारीले बताए । राससक अनुसार चार वर्षभित्र सबै स्थानीय तह र वडा कार्यालयका भवन निर्माण गरिसक्ने पनि सरकारको योजना छ ।