निजामती कर्मचारीद्वारा ऐनको विरोध

निजामती कर्मचारीद्वारा ऐनको विरोध


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट लागु गरिएको संघीय निजामती सेवा ऐनको अन्तर्गत दफा ११९ प्रति ट्रेड युनियन कर्मचारी संघ संगठनले विरोध जनाएका छन् ।

सरकारले कर्मचारी युनियन एउटै मात्र हुने निर्णयविरुद्ध संघ–संगठन उत्रेका हुन् । नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी संघ, राष्ट्रिय कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णय फिर्ता लिन माग गरेका छन् ।