पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु


राजविराज । पोखरीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका २ हर्दियास्थित श्रवण चौधरीको हिजो मंगलबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भेडियाले जनाएको छ ।

घरछेउको पोखरीमा खेल्ने क्रममा स्थानीय सुरेश चौधरीकी छोरी दुई वर्षीया स्वरा चौधरीको डुबेर मृत्यु भएको एसपी मुकेशकुमार सिंहले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि राउत स्मारक अस्पताल लहान पठाइएको छ ।

यसैगरी खडग नगरपालिका २ बेल्हीस्थित चन्देश्वर चौधरीको पोखरीमा डुबेर सकल मण्डलको छोरा तीन वर्षीय अरबिन्द्र मण्डलको मृत्यु भएको प्रहरी चौकी सिस्वा बेल्हीले जनाएको छ । पोखरी किनारमा खेलिरहेको क्रममा डुबेर बालिकाको मृत्यु भएको उनकी आमा देवकुमारी मण्डलले बताइन् ।