आयोगद्वारा सप्तरीको अनुगमन शुरु

आयोगद्वारा सप्तरीको अनुगमन शुरु


राजविराज । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले जेठ १४ गतेदेखि सप्तरी जिल्लाको अनुगमन शुरु गरेको छ । जिल्लामा लैङ्गिक समानतालगायत महिला अधिकारको विभिन्न विषयमा सात दिनसम्म अनुगमन गरिने मानवअधिकार अधिकृत रेवा रेग्मीले जानकारी दिइन् ।

आयोगको क्षेत्रीय कार्यालय जनकपुरबाट रेग्मीको नेतृत्वमा आएको टोलीले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल र इन्सेक सप्तरीसँग जिल्लामा महिला समानता र अधिकारको अवस्थाको तथ्य, तथ्यांकसहित सम्बन्धित जानकारी लिएको छ ।

टोलीले प्रहरी र प्रशासनका इकाईसहित सरोकारवाला निकायसँग समेत जिल्लाको अवस्थाको तथ्य, तथ्यांकबारे जानकारी लिने मानव अधिकार सहायक विभा ढुंगानाले बताइन् ।