रङ कारखानामा आगलागी

रङ कारखानामा आगलागी


चितवन/ भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना आगलागी भएको छ ।

एभरेष्ट कलर प्रालिमा आज (बुधबार) बिहान बिहान ७ बजेदेखि शुरु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिका, हेटौँडा नगरपालिकाका दमकल, जिल्ला प्रहरी कार्यालय चितवन, सशस्त्र प्रहरी, जुनियर अधिकृत शिक्षालय, भरतपुरका प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । रङ बलिरहेकाले आगो नियन्त्रणमा कठिनाइ भएको उनले बताए ।

विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । क्षतिको विवरण आइुकेको छैन ।

रासस