सांसद दवाडीको झण्डै दुई लाख रकम समाजसेवामा खर्च

सांसद दवाडीको झण्डै दुई लाख रकम समाजसेवामा खर्च


नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)का सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो सांसदबापत् पाएको तलबभत्ता मन्दिर पुननिर्माणमा खर्च गरेका छन् ।

सांसद दवाडीले मंगलबार गोरखाको सुलिकोट गाउँपालिका–८ पन्दुङ तिनखाँडेमा रहेको शिव मन्दिर पुननिर्माणका लागि सहयोग गरेका हुन् । उनले मन्दिर पुननिर्माणका लागि रु ५० हजार सहयोग गरेका छन् । सांसद दवाडीले मंसीरमा सम्पन्न निर्वाचनमा सोही स्थानबाट आफ्नो चुनावी अभियानको सुरुवात समेत गरेका थिए ।

यस्तै सोही गाउँपालिका–७ पाँचखुवा देउरालीको अमले भन्ने गाँउमा रहेको जनचेतना आमा समूहलाई रु १५ हजार आर्थिक सहयोग गरेका छन् ।

यसैगरी सांसद दवाडीले सुलिकोट गाउँपालिका–७ मा रहेको शैलपुत्री माध्यामिक विद्यालयमा रु ५५ हजार ५५५ को अक्षयकोष खडा गरेका छन् । सोही अक्षयकोषबाट आउने व्याजबाट गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रावृत्ति प्रदान गर्ने समेत उनले घोषणा गरेका छन् ।

सांसद दवाडीले यसअघि जेठ ७ गते सिरानचोक गाउँपालिका वडा नं ७ मा अवस्थित जनकल्याण माध्यामिक विद्यालय श्रीनाथकोटमा रु ५५ हजार ५५५ को अक्षयकोष स्थापना गरिसकेका छन् । सोही अक्षयकोषबाट आएको व्याजले गरिब तथा जेहन्दार विद्यार्थीलाई पोशाक, कपि र कलम वितरण गरिने सांसद दवाडीले बताए ।

लामो समयदेखि समाजसेवीको भूमिकामा गोरखामा काम गरेका उनि विस २०७४ मंसीरमा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा निर्वाचित सांसद हुन् ।