नदीमा डुबेको अवस्थामा किशोरको शव फेला

नदीमा डुबेको अवस्थामा किशोरको शव फेला


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरका १३ वर्षीय शतेन्द्र साउदको मृत शरीर बुधबार वनहरा नदीमा फेला परेको छ ।

नदीमा डुबेको अवस्थामा साउदको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक रवीन्द्र धनुषेले बताए । उनको मृत्युको कारणबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ ।