लमजुङ बर्डफ्लुको उच्च जोखिममा

लमजुङ बर्डफ्लुको उच्च जोखिममा


देशका विभिन्न भागमा बर्डफ्लुको संक्रमण फैलिरहेका कारण लमजुङमा रोगी कुखुरा भित्रिन नदिन पुर्व सावधानी अपनाइने भएको छ ।

वर्डफ्लु रोग जिल्लामा भित्रन नदिन जिल्ला पशु सेवा कार्यालय र बेसीशहर नगरपालिकाले सचेतना कार्यक्रम गरेको हो । लमजुङ पनि वर्डफ्लुको उच्च जोखिममा रहेको भन्दै लमजुङमा सावधानी अपनाएको जिल्ला पशुसेवा कार्यालय लमजुङका वरिष्ठ पशु चिकित्सक लक्ष्मणबहादुर ढकालले बताए ।

जिल्लाका करापुटार, इशानेश्वर, दुईपिप्ले, धमिलिकुवा, ताघ्रिङ लगायतका ठाउँबाट कुखुराका चल्ला, अण्डा, सुली, र ब्रोइलर तथा लेयर्स कुखुराहरु आयत बन्द गरिने तयारी गरिने समेत ढकालले बताए । जिल्लामा कुखुरा सप्लायर्स, जिल्ला पशु सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त वैठक वसी बाहीरी जिल्लाबाट ल्याइने कुखुरा नियन्त्रण गरेमा लमजुङमा बर्डफ्लु रोक्न सकिने उनले बताए ।

वर्डफ्लुको हिसाबले नेपालमा लमजुङसहितका २२ जिल्ला बढी जोखिममा छन् । गर्मी मौसम गर्मी क्षेत्रमा यो रोगको उच्च जोखिम रहने जानकारी ढकालले दिए । लमजुङ कास्की, तनहुँ, गोरखा र मनाङको सीमावर्ती क्षेत्रमा बढी जोखिममा देखिन्छ भन्दै जिल्लाका कुखुरा व्यवसायीलाई कसरी सुरक्षित गर्न सकिन्छ र मानव समुदायलाई के कसरी सुरक्षित गर्न सकिन्छ उपायको खोजी गर्न उनले आग्रह गरेका छन् ।