बृद्ध दुई महिनादेखि बेपत्ता

बृद्ध दुई महिनादेखि बेपत्ता


मस्र्याङदी गाउँपालिका २, साविक घनपोखरा ५, मोर्ङीका ५९ बर्षीय मोहनप्रसाद गुरुङ २ महिनायता बेपत्ता भएका छन् ।

हराएको यतिका दिन वितिसक्दा पनि फेला नपरेपछि परिवार चिन्तामा डुबेका छन् । खोजी गरिदिन प्रहरीमा निवेदन दिएपनि फेला पार्न नसकेको छोरी आनन्त गुरुङले बताए । आफूसंग बस्दै आएका बुवा हराएको २ महिना वितिसक्दा पनि कहीं कतै फेला नपरेपछि निकै चिन्तामा डुबेको उनले बताउनुभयो ।

गहुँगोरो, मुख बोल्न नसक्ने उनी घरबाट बेंसीसहरतर्फ गएको अनुमान गरिएको र फेला पार्न नसकेको परिवारको भनाई छ । केही ब्यक्तिसंग सिम्पानीको बगैंचा नजिकै भेटेको र बेंसीसहर जान्छु भनी गएको र त्यसपछि अत्तोपत्तो नलागेको परिवारका सदस्यहरुले बताएका छन् ।

छोरी आनन्तले आफ्नो बुवाको खोजी गरेर सहयोग गरिदिन सवैलाई आग्रह गरेकी छिन् । मोहनप्रसाद गुरुङ गत चैत ९ गते घरबाटै हराएको परिवारले बताएको छ ।