शरणार्थी शिविरमा आगलागी

शरणार्थी शिविरमा आगलागी


झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बुधबार आगलागी हुँदा तीनवटा छाप्रो जलेर नष्ट भएका छन् ।

दमक नगरपालिका–३, बेलडाँगीस्थित सेक्टर ए वान हट नम्बर ३५ मा बुधबार दिउँसो आगलागी हुँदा छाप्रोसहित नजिकै रहेको अन्य दुई वटा छाप्रो हट नम्बर ३३ र हट नम्बर १०८ जलेका हुन्।

आगोले छाप्रो तथा त्यसभित्र भएका सामानहरु जल्दा धनबहादुर माझी, सुरज राई र सुकमाया राईको करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।