प्रदेश ५ का सामाजिक विकासमन्त्री बरालको सम्पत्ति २ लाख ७५ हजार

प्रदेश ५ का सामाजिक विकासमन्त्री बरालको सम्पत्ति २ लाख ७५ हजार


चन्द्रकान्त खनाल

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो र परिवारको सगोलमा भएको जग्गा, सुन तथा नगद सार्वजनिक गरेका हुन् ।

मन्त्री बरालको नगद २ लाख ७५ हजार, १ तोला सुन, १ लाखको सेयर र १२ लाख ऋण भएको सार्वजनिक गरेका छन् । मन्त्री बरालले आफ्नो नाममा एक मोटरसाइकल र २ वटा ल्यापटप रहेकोसमेत बताएका छन् । ल्यापटप पनि एक किनेको र एक उपहार आएको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

बरालको रिडी इन्भेष्टमेन्टमा १ लाखको सेयर रहेको मैत्री सहकारी संस्था गुल्मीमा ५ लाख, विभिन्न व्यक्तिसँग ऋण सापटी ७ लाख र लु.२०प ३६७४ नम्बरको २ लाख २९ हजारको मोटरसाइकल रहेकोसमेत उल्लेख गरेका छन् ।

त्यस्तै, मन्त्री बरालले घरको पैतृक सम्पत्ति सामूहिक रहेको बताएका छन् । उनको पैतृक सम्पत्ति भानुभक्त बरालको नाममा गुल्मीको चन्द्र्रकोटमा ५० रोपनीमा कच्चीघर भाइहरूको सगोलमा रहेको, त्यस्तै चन्द्रकोटकै वडा नं. ३ मा १८ रोपनी जग्गा, श्रीमती लीला थापा बरालको नाममा १७ लाख ५५ हजार बैंकमा नगद रहेको बताएका छन् ।