भरुवा बन्दुकसहित चार पक्राउ

भरुवा बन्दुकसहित चार पक्राउ


डडेल्धुरा/ अवैध रूपले लिइएका तीनथान भरुवा बन्दुकसहित चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

अवैध भरुवा बन्दुक घरमा लुकाइछिपाई राखेको अवस्थामा गन्यापधुरा–३ का केशबबहादुर शाही, टेकबहादुर भुल, कर्णबहादुर भुल र शकंरबहादुर शाहीलाई अवैध हातहतियार लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरूलाई हिरासतमा राखी आनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।