६ नयाँ सहसचिवको पदस्थापन

६ नयाँ सहसचिवको पदस्थापन


सरकारले ६ नयाँ सहसचिवको पदस्थापन गरेसँगै यातायात व्यवस्था विभागका टोकराज पाण्डेलाई कलैया उपमहानगरपालिकाको प्रशासकीय अधिकृत तोकिएको छ ।

त्यसैगरी रुद्रादेवी शर्मालाई प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको कार्यालयमा र मुक्ति पाण्डेलाई प्रदेश नम्बर ४ को आर्थिक मामिला मन्त्रालयमा पठाएको छ ।

गोगन हमाललाई प्रदेश नम्बर ७ को सामाजिक विकास मन्त्रालयमा पठाइएको छ । आनन्द सारुलाई तुलसीपुर उपहमहारपालिका र सन्तबहादुर सुनार धनगढी उपमहानगरपालिकाको प्रशासकीय अधिकृत तोकिएका छन् ।