नदीको फोहोर एक सातासम्म सडकमै

नदीको फोहोर एक सातासम्म सडकमै


सफाइ अभियानले फोहोर उठाएर राखेको एक सातासम्म सडक किनारमै थुप्रिएको छ ।

जेठ १२ गते शनिबार २२४औँ हप्ताको गुह्येश्वरीमाथिको बागमती सफाइ सहायक नदी कोलमती किनारमा भएको थियो । सफाइमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरेलगायत पनि सहभागी थिए। अधिकारसम्पन्न बागमती समितिका अधिकारीहरु मुहानदेखिकै सफाइ अभियानमा सहभागी भएको स्थलको फोहर भने एक हप्तासम्म उठ्न सकेको छैन ।

गोकर्णेश्वर– २ र ४ को सीमामा रहेका कोलमती सफाइ गरेर राखिएको फोहोर नदी किनारस्थित बसपार्कमा थुपारिएको थियो । नगरपालिकाले फोहोर उठाउने भने पनि एक हप्तासम्म त्यही थुपारिँदा बसले किचेको छ । तर अध्यक्ष बस्नेतले भने गोकर्णेश्वर नगरपालिकाले फोहोर उठाउने प्रतिबद्धता जनाएको बताउँछन् ।

नगर उपप्रमुख शान्ति नेपाल फोहोर लैजाने सवारी बिग्रिएकाले फोहोर उठ्न नसकेको बताए ।

बागमती सफाइ महाअभियानले पाँच वर्ष पूरा गरेको अवसरमा समीक्षा गरेको छ । महाअभियानबाट प्रभावित भई हाल देशभर ९४ स्थानमा सफाइ अभियान चलिरहेको अभियानकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल सफा नभएसम्म यो अभियान चलाइरहने निर्णय गरिएको छ । सरकारले अभियानकर्मीको भावनालाई कदर गर्दै आगामी आर्थिक वर्ष २०७५÷७६ लाई राष्ट्रिय सरसफाइ अभियान वर्षका रुपमा मनाउने घोषणा गरेकामा महाअभियानले धन्यवाद ज्ञापन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा संघीय संसदमा जेठ १५ गते पेश गर्नुभएको बजेट वक्तव्यमा आगामी तीन वर्षभित्र सबै नेपालीलाई आधारभूत सरसफाइको पहुँच पु¥याउने र सहरी क्षेत्र, राजमार्ग आसपास र सार्वजनिक स्थानमा सुविधासम्पन्न स्मार्ट शौचालय निर्माण गर्ने उल्लेख गरेको छ ।


रासस