देउवाद्वारा समवेदना

देउवाद्वारा समवेदना


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पाल्पाको तानसेनबाट रामपुरतर्फ गइरहेको यात्रीबाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन्

सभापति देउवाले एक शोक सन्देश जारी गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । आजै पाल्पाको रम्भा गाउँपालिका–४ मा भएको उक्त दुर्घटनामा १२ जनाको मृत्यु हुनाका साथै १५ जना घाइते भएका थिए ।