भन्सार छलेर ल्याएको सुनका चुरासहित युवक पक्राउ

भन्सार छलेर ल्याएको सुनका चुरासहित युवक पक्राउ


३३ किलो सुन प्रकरण सेलाउँदै गएको बेला भन्सार छलेर ल्याएको सुनसहित महानगरीय प्रहरी परिसर काठमाडौंले एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई कामनपा–९ सिनामंगलबाट विहिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले यादवबाट सुनको झण्डै पाँच लाख पर्ने दुईवटा सुनका चुरा र नगद रु ३२ हजार ५०० बरामद गरेको छ । पक्राउ परेका यादवलाई आज आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरन पठाएको प्रहरीले जनाएको छ ।