काठमाडौं ताप्लेजुङ हवाई भाडामा वृद्धि

काठमाडौं ताप्लेजुङ हवाई भाडामा वृद्धि


राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ ।
यसअघि रु पाँच हजार ३३० भाडादर रहेकोमा अहिले रु एक हजार ८६५ बढाएर रु सात हजार १९५ पु¥याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिए । एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ । निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्र आएको राईको भनाई छ ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक साता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ । प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ ।

यस वर्ष भने बर्खामा उडान स्थगन नहुने बताइएको छ । राससका अनुसार यसअघि असारदेखि तीन महिनासम्म वर्षायामले समस्या हुने जनाउँदै उडान स्थगन हुँदै आएको थियो । अहिले विमानस्थल कालोपत्रे भएकाले पनि वर्षायाममा नरोकिने राईको भनाइ छ ।