फोरम सरकारमा गए पनि प्रदेश २ सरकार ढल्दैन : झा

फोरम सरकारमा गए पनि प्रदेश २ सरकार ढल्दैन : झा


सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा गए पनि राष्ट्रिय जनता पार्टी नेपाललाई केही फरक नपर्ने अनिलकुमार झाले बताएका छन् । राजधानीमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा झाले सो कुरा बताएका हुन् ।

राजपा नेपालका नेता झाले सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा गए पनि प्रदेश २ को सरकार नढल्ने सो अवसरमा स्पष्ट पारे । उनले फोरम नेता लालबाबु राउत नेतृत्वको प्रदेश २ को सरकारलाई आफ्नो पार्टीको समर्थन रहिरहने बताए ।

प्रदेश सरकारको आफ्नो हैसियत हुने भएकाले यसलाई केन्द्र सरकारको संरचनाले कुनै असर नगर्ने झाको तर्क थियो । झाले वर्तमान सरकारलाई बजेट पारित गर्न कठिनाइ नहुने जिकिर गरे ।