सहकारी क्षेत्रका ‘धरोहर’ सम्मानित

सहकारी क्षेत्रका ‘धरोहर’ सम्मानित


सहकारी आन्दोलनका अविश्रान्त अभियन्ता कैलाशभक्त प्रधानाङ्गलाई सरकारले पुरस्कार तथा सम्मान प्रदान गरेको छ । नेपालको सहकारी क्षेत्रको प्रवर्द्धन, नेतृत्व, व्यवस्थापन, अध्ययन र अनुसन्धानमा अतुलनीय योगदान पुर्याएको भन्दै सहकारी क्षेत्रका धरोहर एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का पूर्वअध्यक्ष समेत रहेका सहकारीविज्ञ प्रधानाङ्गलाई कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले पुरस्कृत गरेको हो ।

६१औं राष्ट्रिय सहकारी दिवशको उपलक्ष्यमा हिजो (जेठ २०) उक्त मन्त्रालयमा आयोजित विशेष कार्यक्रमबीच उहाँलाई नगद एक लाखसहित सम्मानपत्र प्रदान गरिएको हो । प्रधानाङ्गका अलावा दुई महिला सहकारी र प्राचार्य सूर्यरत्नलाई पनि सरकारले पुरस्कृत गरेको छ ।

सहकारी अभियानमा आफूले सिंगै जीवन लगाएको र राज्यका तर्फबाट पहिलोपटक त्यसको कदर गरी आफूलाई सम्मानित तुल्याएको भन्दै पुरस्कृत व्यक्तित्व प्रधानाङ्गले खुशी व्यक्त गर्नुभएको छ । जीवनको उत्तराद्र्धमा पनि उत्तिकै सक्रियताका साथ सहकारीसम्बन्धी अध्ययन, अनुसन्धान र अभियानमा लागिरहन आफूलाई थप प्रेरणा मिलेको उहाँको भनाई छ ।