सुदुरपश्चिममा भूकम्पको धक्का महशुस

सुदुरपश्चिममा भूकम्पको धक्का महशुस


आज विहान ७ बजेर २० मिनेट जाँदा सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको छ ।

भूकम्पका कारण बाजुरा, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा धक्का महशुस गरिएको हो ।

बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।