माथिल्लो तामाकोशीको अनियमितता छिऱ्यो अख्तियार !

माथिल्लो तामाकोशीको अनियमितता छिऱ्यो अख्तियार !


माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको आंशकामा जिल्लावासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर आयोजनामा भ्रष्टाचार भएको देखिएपछि उनीहरुले यस सम्बन्धी आवश्यक छानविन र कारवाहीका लागि आयोगमा उजुरी दर्ता गराएका हुन् ।

आयोजनामा देखिएको बेतिथि, अनियमितता र दोलखावासीलाई निश्चित गरेको १० प्रतिशत शेयर न्यायोचित वितरण, लागत बढेको विषय, समय अवधि बढेको र भ्रष्टाचार लगायतका विषयमा पटक पटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धीत पक्षले कुनै वास्ता नगरेपछि जिल्लावासीले आयोगमा ऊजुरी दर्ता गराएका हुन् ।