प्रहरीले फिर्ता गऱ्यो भेटिएको रकम

प्रहरीले फिर्ता गऱ्यो भेटिएको रकम


इलाका प्रहरी कार्यालय रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गरेका छन् ।

विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिएको बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा. क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानीले सामाजिक सञ्जालमार्फत रकम भेटिएको विषयमा जानकारी गराएर सम्बन्धित धनीलाई प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरेपछि डा. गिरी प्रमाणसहित आएकाले रकम फिर्ता गरिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए ।

रासस