प्रधानसेनापति क्षत्री भारत भ्रमणमा

प्रधानसेनापति क्षत्री भारत भ्रमणमा


प्रधानसेनापति राजेन्द्र क्षत्री ६ दिने भारतीय भ्रमणमा निस्किएका छन् । भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा क्षत्री आज भारत प्रस्थान गरेका हुन् । देहरादुनस्थित भारतीय सेनाको मिलिटिरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको रिभिविङ अफिसरको रूपमा आतिथ्यताका लागि क्षत्री भारत गएका हुन् ।

क्षत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।

भ्रमणका अवसरमा प्रधानसेनापतिको भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्षसहित अन्य उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उनी जेठ २८ गते स्वदेश फिर्ता हुने बताइएको छ ।