अमिता :कस्ती स्वास्नीमान्छे ? -बबिता बस्नेत

अमिता :कस्ती स्वास्नीमान्छे ? -बबिता बस्नेत


नेपाली समाजले महिलालाई दुई श्रेणीमा विभाजित गरिदिएको छ, राम्री स्वास्नीमान्छे र खराब स्वास्नीमान्छे । समाजको परिभाषाअनुरूप राम्री स्वास्नीमान्छे त्यो हो जो सुशील, सुन्दर, आज्ञाकारी, पत्रि्रता, सहनशील, मृदुभाषीलगायतका गुणहरूले भरिपूर्ण हुन्छे र खराब स्वास्नीमान्छे त्यो हो जसमा यसका ठीक उल्टा गुणहरू हुन्छन् । सन्तनेताको उपाधि प्राप्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईको देहान्तपछि अहिले अमिता कपालीका बारेमा मूलतः दुईवटा प्रतिक्रियाहरू बजारमा छन्, अमितालाई हेर्ने दृष्टिकोण पनि दुई खेमामै विभाजित देखिन्छ । एकथरी अमितालाई धर्ैयवान, मायालु र सेवाभाव भएकी राम्री स्वास्नीमान्छेको संज्ञा दिइरहेका छन् भने अर्कोथरी किशुनजीका मानिसलाई मान-मर्यादा नगर्ने, कर्कशा र दुष्ट स्वास्नीमान्छेको संज्ञा दिन दिलोज्यानले लागिपरेका छन् । अविवाहित एक वृद्ध नेताको सेवामा करिब दुई दशक बिताएकी अमिताका बारेमा अहिले किशुनजीका नातेदारहरू एवम् कुनैबेला निकटवर्ती मानिएकाहरू नकारात्मक र बाहिरबाट उहाँहरूको सम्बन्धको बारेमा सुन्नेहरू सकारात्मक देखिएका छन् । सञ्चारमाध्यमहरूमा पनि त्यहीअनुरूपको प्रचार भइरहेको छ । किशुनजी बाँचुञ्जेल उहाँलाई एक्लो बनाइएको भन्ने चर्चा खासै सुनिएको थिएन, तर अहिले भनिँदै छ अमिताले किशुनजीलाई आफन्तबाट टाढा राखेर एक्लो बनाइन्, कसैलाई भेटघाट गर्न दिइनन्, किशुनजीलाई भेट्नका लागि अमिताको चाकरी गर्नुपथ्र्यो, हुँदैहुँदै अमिताले भनेकै कारणले कृष्णप्रसाद भट्टर्राईले यो मुलुकमा राजसंस्थाको आवश्यकता रहेको उल्लेख गर्दै विज्ञप्ति निकाल्नुभयो समेत भनियो । किशुनजीका केही नातेदारहरूले अमितालाई उनको नाम लिनुभन्दा ‘परिचारिका’ भन्न रुचाएको पनि देखियो । तर, परिचारिकाको संज्ञा दिए पनि उनीहरूको कुरागराइले उनलाई परिचारिकामा मात्रै सीमित भने गर्दैनथ्यो, अरू नै कुरा प्रमाणित गरिरहेको थियो र छ । अमितालाई खराब स्वास्नीमान्छेको दर्जा दिनका लागि उनले किशुनजीलाई यसो गरिन् उसो गरिन् भनेर अनेक सर्न्दर्भ र प्रसङ्गहरूसहित पुष्टि गर्न खोजियो । यहाँ प्रश्न उठ्छ, त्यसो भए आफ्नी सहयोगीले जे-जे भन्यो त्यही-त्यही गर्दै जाने किशुनजीलाई चाहिँ कसरी महान् नेता भनेर मान्ने त ? यदि उनले गलत गरेकी थिइन् भने किशुनजीबाट त्यो गलत कार्यको प्रतिवाद किन भएन ? त्यस्तो के बाध्यता थियो जसले उहाँलाई रोक्यो ? अहिले अमितालाई सबैभन्दा ठूलो आरोप मानिसहरूलाई किशुनजीसँग भेटघाट गर्नबाट वञ्चित गरेको भन्ने लगाइएको छ, आरोप लगाउनेहरूले यही कुरा किशुनजी जीवित हुँदा किन भनेनन् ? के थाहा उहाँले जस-जसलाई भेट्नुभएन, उहाँ स्वयम्ले नचाहेर पो भेट्नुभएन कि ? किशुनजीको यो चाहनामा अमिता ‘प्रयोग’ मात्रै पो भइन् कि ? कुनै कालखण्डमा किशुनजीले नरुचाएका या उहाँलाई नरुचाउने मानिसहरूप्रति अमिता घृणा गर्थिन् भन्ने पनि सुनिएको हो । नातेदारहरूले अहिले उहाँप्रति जे-जस्तो चिन्ता व्यक्त गरिरहेका छन्, उहाँ हँुदै गरिदिएको भए बाँच्दैखेरि प्राप्त आफ्नोपनले उहाँलाई अवश्य फरक पार्ने थियो नै होला ।
हाम्रो समाजको परिवेशमा अमिता-किशुनजी सम्बन्ध एउटा अनौठो, ऐतिहासिक र चर्चायोग्य सम्बन्ध हो । नातेदारबाहेकका अत्यन्त निकट पुरुष र महिलाबीच कुनै पनि सम्बन्धका आ-आफ्नै पहलुहरू हुन्छन् । सहकर्मी, साथी, प्रेमी/प्रेमिका, लोग्ने/स्वास्नीलगायतका ती कुनै पनि नजिकका सम्बन्धका खास उद्देश्यहरू हुन्छन् । नाम, इज्जत, सम्मानजस्ता कुराहरू ती सम्बन्धका आधारमा तिनका नातेदार, साथीहरू या भनौँ सामाजिक मूल्य-मान्यताहरूले निर्धारण गरिरहेका हुन्छन् । साथी, सहकर्मीलगायतका मानिसहरू एक-अर्कासँग जतिसुकै नजिक भए पनि सँगै बस्दैनन्, बस्ने मान्यता पनि राख्दैनन्, व्यक्तिगत जीवन आ-आफ्नो हुन्छ, काम या भावनात्मक साथले उनीहरूको दूरीलाई नजिक्याइरहेको हुन्छ । उनीहरूको सम्बन्ध प्रायः एकनासको हुन्छ, सम्बन्धका अनेक उतारचढाव बेहोर्नुपर्दैन, समाजले पनि त्यसैगरी लिइरहेको हुन्छ । तर प्रेमी/प्रेमिका या लोग्ने/स्वास्नीको सम्बन्ध फरक हो । यो सम्बन्धमा उनीहरू मात्र हुँदैनन्, तिनका नातेदार, आफन्त साथीहरू, धेरै हुन्छन् । हामीकहाँ प्रेमी-प्रेमिका विवाह नगरी सँगै बस्ने चलन त्यति नभएकाले लोग्ने-स्वास्नीको सम्बन्धले जस्तै गरी यो सम्बन्धले मान्यता पाउन सकेको छैन । सँगै बसिहाले जोखिम केटालाई भन्दा केटीलाई धेरै छ । वैवाहिक सम्बन्धका आधारमा मानिसलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । मानिस आफैंमा केही नभए पनि केही नगरे पनि कसैकी श्रीमती या श्रीमान् भएकै कारणले सम्मानमा फरक पर्ने गरेका अनेक उदाहरणहरू छन् । यसप्रकारका सामाजिक मूल्य-मान्यताको आधारमा हेर्ने हो भने किसुनजी-अमिता सम्बन्धलाई यसै हो भनेर नाम दिन निकै गाह्रो पर्छ । विद्यार्थी जीवनदेखि आध्यात्मिक चिन्तनका तर्ीथस्थलहरूसम्मको अमिताको जीवन-यात्रालाई हेर्ने हो भने अमिता कुनै परिचारिका या सहयोगी मात्र नभएर किशुनजीकी धेरै कुरा हुन् । जसले जीवनको उत्तर्रार्धमा किशुनजीलाई सम्भावित एक्लोपनबाट टाढा राखेर साथ दिइन् । जसले जेसुकै तर्क गरे पनि मानिसले विवाह गर्ने भनेको बुढेसकालको साथ र सहाराका निम्ति हो । आफू स्वस्थ र उमेर हुञ्जेल मानिसले आफ्नो लागि आफैं गर्न सक्छ । बाँचियो भने हरेक मानिसको जीवनमा एकपल्ट आएरै छाड्ने वृद्धावस्थाले मानिसलाई पिरोलिरहेको हुन्छ । त्यसमा पनि किशुनजीको त विवाह भएको थिएन, छोरा-छोरी थिएनन्, बुढेसकाल कस्तो होला, के होला, कोसँग भइएलालगायतका अव्यक्त त्रास उहाँमा अवश्य नै थियो होला । अमितालाई भेटेपछि त्यसप्रकारको त्रासबाट उहाँ मुक्त हुनुभएको देखिन्छ । प्रायः मानिसहरूमा आफन्तहरूप्रतिको अनुभव त्यति राम्रो हुँदैन, आफूले राम्रो गरुञ्जेल, गर्न सकुञ्जेल उनीहरूले पनि राम्रो गर्ने हुन्, गर्न नसकेको भोलिपल्टदेखि व्यवहार अर्कै हुन्छ । सम्बन्धित व्यक्तिसँग केही हुनु र नहुनुले धेरै फरक पारिरहेको हुन्छ, यो व्यक्तिविशेषको कुरा होइन, आमप्रवृत्ति हो । किशुनजी आफैंमा केही भएका नेता हुनुभएको कारणले उहाँका आफन्तहरूको दृष्टिकोण आमप्रवृत्तिभन्दा फरक थियो होला त्यो अलग कुरा हो । अमिता किशुनजीकी आफन्त थिइनन्, हुन सक्छ उहाँले उनमा र्समर्पणभाव देख्नुभयो । शायद उहाँले शैलजा आचार्यभन्दा फरक मृत्यु चाहनुभयो र भयो पनि त्यस्तो नै, शैलजा आचार्य अस्पतालमा प्रायः एक्लै लडिरहनुहुन्थ्यो, किशुनजीलाई अमिताले एकैछिन पनि छोडिनन् । अमिता-किशुनजी सम्बन्धले कुनै नाम पाएन, नाम पाएको भए सम्मान पनि फरक हुने थियो होला, एउटी युवतीे वृद्ध नेतासँग बिनाहिच्किचाहट, समाज र आफन्तहरूले के भन्लान् भन्ने कुराको पर्वाह नगरी सँगै बसी, उसैको सेवामा धेरै वसन्त गुजारी र आफूसँगै बसेको व्यक्तिको उत्तर्रार्द्धसँगै आफूले सन्न्यासी धारण गरी । एउटी महिला र पुरुषबीचको योभन्दा पवित्र सम्बन्ध अरू के हुन
सक्छ ? किशुनजीको जीवनसँगै अमिताको सांसारिक जीवन पनि समाप्त भएको छ, के कुनै नातेदार, आफन्त, निकटवर्ती या कार्यकर्ताले किशुनजीको नाममा त्यसो गर्न सक्थे ?