भारतमा ५.१ म्याग्निच्युडको धक्का

भारतमा ५.१ म्याग्निच्युडको धक्का


भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको छ । भूकम्प ५.१ म्याग्निच्युडको रहेको जनाइएको छ ।

स्थानीय समयअनुसार बिहान १०ः३० बजे भूकम्प गएको हो । आसाम राज्यभर नै भूकम्पको कम्पन महसुस गरिएको भइ पनि प्रान्तीय राजधानी शहर आसामको दिसपुरदेखि ११४ किलोमिटर पूर्वी क्षेत्र बढी प्रभावित भएको बताइएको छ ।

भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन ।