जब किमले भने- ‘नाइस टू मीट यू मिस्टर प्रसिडेन्ट’

जब किमले भने- ‘नाइस टू मीट यू मिस्टर प्रसिडेन्ट’


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक वार्ता भएको छ । सिंगापुरको सान्तोसा टापुस्थित क्यापिला होटलमा करिव पचास मिनेट दुई नेताबीच वार्तालाप भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

दुवै नेताले आपसमा हात मिलाएर ऐतिहासिक भेटघाटको शुरुवात गरेका थिए । वार्तामा बस्नुअघि दुवै नेताले छोटो प्रेस कन्फ्रेन्स गरेका थिए ।

सो क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने– ‘म अत्यन्त प्रफुल्ल महसुस गरिरहेको छु । हामीबीच शानदार कुराकानी हुनेवाला छ र मलाई लाग्छ कि यो भेटघाट जबर्जस्त रूपमा सफल बन्नेछ । हामीबीच राम्रो सम्बन्ध स्थापित हुनेमा मलाई कुनै शंका छैन ।’

व्यग्र प्रतीक्षा र अनेक आशंका–अनुमानबीच किमले पनि कसैलाई निराश तुल्याएनन् । मुस्कुराउँदै हात हल्लाएर उनले आफू राष्ट्रपति ट्रम्पसँग वार्तामा बसेर सुखद परिणाम दिन लागेको सन्देश प्रवाहित गरिदिए ।

दुवै नेताले पचास मिनेट कुराकानी गरेपश्चात किम र ट्रम्प दुवै यतिबेला आफ्ना साथ सिंगापुर पुगेका वरिष्ठ सल्लाहकार तथा सहयोगीहरूसँग बैठक गरिरहेका छन् ।

वार्ताको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

हेर्नुहोस् ऐतिहासिक भेटवार्तासँग सम्बन्धित क्षणको भिडियो-
https://www.facebook.com/ajplusenglish/videos/1217350748406430/