वाईसीएल इन्चार्ज सागरद्वारा सफायाको घोषणा

वाईसीएल इन्चार्ज सागरद्वारा सफायाको घोषणा


माओवादी बैठक तनावपूर्ण -रामहरि पाण्डे
एकीकृत माओवादी स्थायी समितिको मंगलबार बसेको बैठक निकै तनावपूर्ण हुन पुग्यो । पार्टीका नेताहरूबीच मतभिन्नता चर्कंदै गएका बेला सभासद् एवम् वाईसीएल उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा (सागर)ले मंगलबार (१५ चैत) बिहान टाइम्स एफएमका पत्रकार राजेन्द्र बानियाँलाई अन्तर्वार्ता दिने क्रममा प्रकट गर्नुभएको अभिव्यक्तिले माओवादी बैठकलाई तनावपूर्ण बनाएको हो । थापाले उपाध्यक्षद्वय मोहन वैद्य (किरण), बाबुराम भट्टराई र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द (विप्लव)को कटु आलोचना गर्दै उहाँहरूले पार्टी फुटाउन लाग्नुभएको र पार्टी फुटाउन खोज्नेलाई भौतिक कारबाही गर्ने धम्की दिनुभएको थियो । थापाको भनाइ थियो, ‘पार्टी फुटाउन खोज्नेलाई भौतिक कारबाही मात्र होइन, जो-कोहीलाई पनि बाँकी राखिन्न, तिनले पार्टी फुटाउन् त्यसपछि थाहा पाउँछन् के हुन्छ भनेर ।’
दिउँसो दुई बजे बस्ने भनिए पनि साढे तीन बजेबाट मात्र बसेको बैठकमा सभासद् थापाले एफएमलाई दिनुभएको उक्त अन्तर्वार्ताको कारण बैठकको वातावरण केहीबेर तनावपूर्ण बनेको सहभागी एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो । बैठकमा भट्टराई र वैद्य पक्षका सदस्यहरूलाई सभासद् थापाले आफैंले त्यस्ताखाले अभिव्यक्ति दिएको नभई पार्टी नेतृत्वको उक्साहट र संरक्षणका कारण यस्तो अभिव्यक्ति दिएको भन्दै उक्साउने र अभिव्यक्ति दिने दुवैलाई कडा कारबाही गर्नुपर्ने अडान राखेका थिए । यसरी संस्थापन पक्षका नेता भनिएकाहरूबाट अध्यक्षको विचारसँग विमति राख्ने नेता तथा कार्यकर्ताहरूलाई बारम्बार सफायाको धम्की आइरहेको भन्दै यस्ताखाले हर्कत हुनु पार्टीका लागि राम्रो सङ्केत नहुने वैद्यनिकट सदस्यहरूको चेतावनी थियो । पार्टी नेतृत्वबाट गलत हल्ला फैलाएर पार्टी कब्जा गर्न खोजिँदै छ, बैठकमा उपाध्यक्ष भट्टराईको भनाइ उद्धृत गर्दै एक सहभागीले घटना र विचारसँग भन्नुभयो, ‘अध्यक्षबाटै यस्ताखाले पार्टी विभाजनको गलत हल्ला फैलाइन्छ भने पार्टी कसरी एक भएर अघि बढ्न सक्छ ? ‘
स्रोतका अनुसार बैठकमा सहभागी सदस्य नेत्रविक्रम चन्द ? विप्लव)ले प्रचण्डलाई लक्षित गर्दै पार्टी नेतृत्वको उक्साहटमा पार्टीका केही जिम्मेवार नेताहरू अराजक भएका छन्, पहिले उनीहरूलाई कारबाही गर्नुपर्छ ।’ पार्टी शीर्ष नेताको संरक्षणका कारण मजदुर सङ्गठनको विवाद समाधान हुन नसकेको आरोपसमेत लगाउनुभएको थियो । सहभागी सदस्यका अनुसार बैठकमा धेरै समय एक-अर्काबीच आरोप-प्रत्यारोप र आफ्नो बचाउ गर्दैमा समय बितेको थियो । बैठकमा सहभागी एक सदस्यले भन्नुभयो, ‘त्यसैले आज धेरै निर्णय हुन सकेन, बैठकमा सहभागीहरूबीच आफूहरूलाई लागेको र लगाइएको आरोपको खण्डन गर्दैमा समय बित्यो र बाँकी विषयमा बिहीबार बिहान बस्ने बैठकमा छलफल गर्ने निर्णय भएको छ । भट्टराईनिकट एक स्थायी समिति सदस्यका अनुसार पार्टीभित्रबाट पार्टीका नेता-कार्यकर्ता सुरक्षित नभएको र यसमा प्रमुख भूमिका अध्यक्ष प्रचण्डको रहेको आरोप लगाएका थिए ।
बैठकपछि प्रवक्ता दीनानाथ शर्माले दिनुभएको जानकारीअनुसार बैठकमा मजदुर सङ्गठन विघटन गर्दै नयाँ कमिटी निर्माणका लागि आयोजक कमिटी गठन गरेको छ । उक्त कमिटीले मजदुर नेताहरूसँग छलफल गरी समस्या समाधान गर्नेछ । शर्माका अनुसार मजदुर नेता तथा कार्यकर्ताबीच झडपमा पाइएका दोषीलाई घटनाको प्रकृति हेरी पार्टी सदस्यताबाट निलम्बन गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी बैठकले तराईका विभिन्न जिल्लामा सवारीसाधनमाथि भएको बम विस्फोटका घटना नियोजित भएको ठहर गर्दै ती जिल्लाहरूमा आगामी २० चैतमा सभा गर्ने निर्णयसमेत गरेको छ ।
अन्तर्वार्तामा सागरले मजदुर सङ्गठनको विवादबारे पत्रकार बानियाँको जिज्ञासामा सभासद् सागरले विवाद मजदुरभित्र नभएको जिकिर गर्दै भन्नुभयो, ‘बाबुराम भट्टराई गएर घोषणा गरिदिनुभयो, मलाई र्समर्थन गरिदिनु, मलाई मान्नेहरू सबै आइजाओ भनेर एउटा टिम बनाउनुभयो । त्यसपछि सीपी गजुरेल र विप्लव गएर हामीलाई मान्ने र हामीलाई नेता ठान्नेहरू आएर जम्मा होऔँ र तिमीहरू पार्टी सङ्गठन र मजदुर सङ्गठन चलाउ भनेर मजदुर सङ्गठन बनाउनुभयो । अनि विवाद सुरु भयो । मजदुर सङ्गठनमा देखिएको विवाद भनेको डा. बाबुराम भट्टराई, सीपी गजुरेल र विप्लवका कारणले हो । यी तीन नेतालाई कारबाही गर्नुपर्यो । पार्टी सङ्गठन फुटाउन खोज्नेलाई कारबाही हुन्न भने कसलाई कारबाही गर्ने ? ‘ मजदुर सङ्गठनमा भएको कुटाकुटसम्बन्धी प्रश्नमा उहाँले छुट्टै सङ्गठन बनाएर निहुँ खोज्दै आएपछि त कुटाइ खाइहाल्छ नि भन्नुभयो । ए उनीहरू निहुँ खोज्दै आएर तपाईंहरूले कुट्नु भएको हो भन्ने प्रश्नमा सागरले जोसिँदै भन्नुभयो, ‘त्यही त । नत्र उनीहरू ? जम्कटेलनिकट मजदुर नेता) कहाँ कुट्न गएका छन्, अलग सङ्गठन बनाएर हामी अलग सङ्गठन भयौँ, अलग पार्टी भयौँ, हाम्रो विचार अलग छ, नेता अलग छ, हामीले क. प्रचण्डलाई पार्टीको नेता मानेका छैनौँ, शालिकरामलाई मजदुरको नेता मानेका छैनौँ, उनीहरूसँग हामी लड्न खोज्छौँ, हामी पावरफुल छौँ भन्दै निहँु खोज्दै जाने, अनि हम्मर खाएपछि कुट्यो भन्दै फलाक्ने यस्तो पनि कहीँ हुन्छ ? ‘ उहाँ थप्नुभयो, ‘पार्टी फोरेर हिँड्ने भइसकेपछि अहिले त कुट्ने काम मात्र काम भएको छ । यदि पार्टी नै फोरेर जाने हो भने, के-के हुन्छ त्यो पछि थाहा हुन्छ । यो एकीकृत माओवादी पार्टी हो, दस वर्ष सशस्त्र जनुयुद्ध गरेर आएको पार्टी हो, यहाँ सयौँ हातहतियार चलाउन जान्ने मान्छे छन् । पार्टी फुटाउनका निम्ति बलिदान गरेका होइनन्, लडेका होइनन्, गोली खाएका होइनौँ, हामी जनतालाई मुक्ति दिन भनेर यो माओवादी पार्टीमा बलिदान दिन तयार भएर आएका मान्छे हौँ । तर्सथ जसले पार्टी फुटाउँछ त्यसको हालत बुझिहाले हुन्छ, थप केही नभनौँ ।’
‘मोहन वैद्य किरण जुन दिन पार्टी उपनेता हुन पाउनुभएन त्यसै दिन उहाँले सभासद्बाट राजीनामा दिनुभयो । त्यस्तै बाबुराम भट्टराई प्रधानमन्त्रीका लागि पार्टीले सिफारिस नगरिसकेपछि अहिले पार्टीभित्र अत्यन्तै तिखो आलोचकको रूपमा देखापर्नुभएको छ, त्यसको प्रभाव तलतलसम्मका हरेक सङ्गठनमा थोरै-धेरै देखिएको सत्य हो । राजनीतिक, सैद्धान्तिक त रंगरोगन मात्र हो । महत्त्वाकाङ्क्षीकै कारण नै अहिलेको विवाद देखापरेको,’ सागरको तर्क थियो । सागरले एक प्रश्नको जवाफमा भन्नुभयो, ‘दस हजार युवा नेता तथा कार्यकर्ताहरूको बलिदानबाट एकीकृत माओवादी यहाँसम्म आयो तर, अहिले लोभीपापीहरूको जमघट भएजस्तो अनुभूति हामीले गरिरहेका छौँ ।’ यही मन्त्री बनाउने सवालमा पनि लगभग एक सय दस-एघारजनाले निवेदन दिएका छन्, ‘यदि मेरो गुटको मान्छे मन्त्री हुन्न भने म पूरै पार्टी फोर्छर्ुुवहिष्कार गर्छर्ुुअहिले मन्त्री भएका चार सहभागीले पनि हामी राजीनामा दिएर बाहिर आउँछौँ भन्ने खालका घर्ुर्की लगाउने गरेका छन् । युद्ध लडेेर आएको हो, यसले रगत बगाएर यहाँसम्म आएको हो भन्ने हामीसँग जुन प्रकारको गर्व थियो अहिले त्यो गर्व गर्ने ठाउँ कमी भएको सत्य हो ।’ त्यसैगरी उपाध्यक्षद्वय वैद्य र भट्टराईचाहिँ पार्टी नेतृत्वलाई असफल बनाउने, कार्यकर्तालाई विभाजन गराउने र गुटलाई बढावा दिने काममा लागिराखेको हो भन्ने अर्को जिज्ञासामा उहाँको भनाइ थियो, ‘हो प्रस्टै, यो त आँखा चिम्म गरे पनि देखिने कुरा हो, कानमा ठेडी लगाएर पनि सुनिने कुरा हो र राजनीतिमा नलागेको, कुनै दुर्गम बस्तीमा बसेको सत्तरी वर्षका बूढाबाले पनि बुझ्ने कुरा के हो भने, मुख्य गरेर एकीकृत माओवादी पार्टीमा ठूलो विभाजन ल्याउने वा गुट खडा गर्ने, महात्त्वाकाङ्क्षीका कुन्युहरू एकपछि अर्को गर्दै थप्दै लैजाने क. किरण र क. बाबुराम भट्टराईले गर्नुभएको छ । यसको सबै कुरा त्यहाँ केन्द्रित हुन्छ । र, इतिहासले एक दिन यस्तो प्रकारका एकीकृत पार्टीलाई विभाजन गर्ने एक गुटको सुरुवात गर्ने मान्छेहरूको चिनारी गर्नेछ, इतिहासले मूल्याङ्कन गर्नेछ । तर, गुटको खेती त अध्यक्ष दाहालले गर्नुभयो, गुटको संरक्षण उहाँले गर्नुभयो भन्ने आरोप लगाउनुहुन्छ नि उपाध्यक्षद्वय त भन्ने जिज्ञासामा उहाँले पार्टीको अध्यक्षले कसको गुटको नेतृत्व गर्ने, यदि त्यस्तो हो भने र यसरी नै परिभाषा गर्दै जाने हो भने त गुट गर्नेको के हो, संस्था भनेको के हो, प्रमुख भनेको के हो र सहायक भनेको के हो ? अध्यक्ष क. प्रचण्डले गुटकै नेतृत्व गर्नुहुन्थ्यो भने, यतिखेर सायद डा. बाबुराम भट्टराई कुनै एउटा कम्पनीको डाइरेक्टर वा त्यसको काम गर्ने इन्जिनियर बन्नुहुन्थ्यो र क. वैद्यले प्युठानतिर गएर हलो-कोदालो गर्नुहुन्थ्यो । यो कुरा त सबैले बुझेको हो । उहाँहरूको कति राजनीतिक क्षमता छ कति साङ्गठनिक क्षमता छ, उहाँहरूको हिजो युद्धकालमा कति भूमिका रह्यो र अहिले पनि उहाँहरूको राजनीतिक-साङ्गठनिक हिसाबले एकीकृत पार्टी बनाएर लैजाने भूमिका छ कि छैन भन्ने कुरा घामजस्तै र्छलङ्ग छ ।’ तपाईंको भनाइमा दुईवटा उपाध्यक्षलाई यहाँसम्म ल्याइदिने काम अध्यक्ष दाहालले गरेको हो भन्ने जिज्ञासामा सागरले थप्नुभयो- हामीसमेत माओवादी पार्टीमा लागेर पार्टीलाई यो स्थानसम्म ल्याउने काम भयो, यहाँ अध्यक्षको भूमिका मुख्य कुरा हो, यो त कसैले ढाँट-छल गर्न सक्ने छैन । हिजो युद्ध गर्ने बेलामा डा. बाबुराम भट्टराई ६ महिना दिल्ली गएर बस्नुभयो । त्यसैले उहाँलाई किन मान्ने ? मान्नुपर्ने आधार हुनुपर्यो । क. विप्लवले अहिले मजदुर सङ्गठन फुटालेर तीनवटा नेतृत्व बनाउने काम गरिरहनुभएको छ । म मेरोवरिपरि घुम्नेहरूको मात्र नेता हुन चाहन्न, समग्र युवाहरूको नेता बन्छु भनेर आउनुहुन्छ भने स्वागत छ, होइन र मजदुरमा गएर बिगारेको जस्तै वाईसीएललाई पनि बिगार्न वा अर्को गुटको जन्म दिन र सङ्गठन फुटाउन आउनुभएको हो भने हामीले खबरदारी गर्छौं भनेर सूचना मात्र दिएको कुरा हो ।