देशमा राजनेता कोही जन्मेकै छैनन् त ? -मुक्तिनाथ खनाल

देशमा राजनेता कोही जन्मेकै छैनन् त ? -मुक्तिनाथ खनाल


हाम्रो देश नेपालले किन राजनेताहरू जन्माउन सकेन ? के यहाँको चिसो हावापानीले झन् तीक्ष्ण बुद्धिका धेरै राजनेता जन्माउनुपर्ने होइनन्, खै त ? छिमेकी र ठूला देशको सेपले च्यापिई बढ्नै नसकेका हुन् कि भनौँ भने पाँडे गाली गर्न ज्रि्रो पनि छिट्टै चल्छ पश्चिम रुकुम-रोल्पादेखि बाँके-बरि्दया हुँदै पूर्व मेची इलामसम्मका मानिसले छोटे, मोटे नेतृत्व नगरेका पनि होइनन् तर के गर्ने कोही लठेब्रा, कोही पानीलौरा, कोही बन्दुके, ‘लाटो देशको गाँडो तन्नेरी’ भन्ने आख्यानजस्तै मात्र ।
हाम्रै मुलुकभित्र पश्चिम-उत्तरतर्फ प्राय: मंगोलियन जातिभित्र छेलो हान्ने भेला खेल निकै चर्चित थियो, अझ पनि केही बाँकी छ । छेलो भनेको २-३ किलोको एउटा ‘गोलो ढुङ्गा’ त्यसलाई जसले जोडसँग फालेर टाढा पुर्याउँछ त्यही मानिस त्यो सालको विजयी हिरो मानिन्छ अझ प्राचीन कालतिर छेलोबाट विजयी हुने मानिस त्यो गाउँ अथवा क्षेत्रको मुखिया हुन्थ्यो रे । जसले आफ्नो गाउँ क्षेत्रको सबै इन्साफ गरिदिने योग्य व्यक्ति मानिन्थ्यो, तर मानवीय विवेक बुद्धि केही चाहिँदैन थियो, केवल पाखुरेबल भए पुग्ने । त्यस्तो समाज र संस्कारमा जन्मे-हुर्केको भएर हो कि हाम्रो नेपालका नेताहरू कोही कुशल नेतृत्व दिन र बन्नै नसक्ने लठेउरा, कोही पानीलौरा अथवा फितलो आफ्नो काँधमा बन्दुक राखे पनि होसै नपाउने, कोही बोल्न जाने पनि पाखुरे, मार्ने, काट्ने भाषाको ज्ञाता ।
कुनै युग थियो- सानैदेखि पश्चिमी देशको ज्ञान गुरुसमेत पाई शारीरिक तथा मानसिक तिष्णता तिखो विचारले खारिएका उच्च कदका राजनेताहरूले यसै मुलुकलाई नेतृत्व दिएका थिए । तर अब उहाँहरूको अवसानपछि एक युग नै समाप्त भएजस्तो भयो । अब खोजेर वा सम्झेर पाइने कुरा भएन । हाल यहाँ भएका छोटे-मोटे नेताहरू हेर्दा राजनेतामा हुने गुण त भएन-भएन । कहीँ देशलाई नै भड्खालोमा पार्ने हुन् कि भन्ने पो डर हुन थाल्यो ।
अब कता खोजौँ मधेसतर्फ इन्डिगायाको ज्ञानगुन सिकेका कोही राजनेता हुनलायक छन् कि भनुँ भने २० रुपैयाँको रेलको टिकट किन्दा ४ आना भए पनि रिश्वत (घुस) लिनु दिनुपर्ने संस्कारमा जन्मे हुर्केका र लेनदेन नातागोतामा रमे-रमाएकासँग के पाइएला । पैसा वा पदमा लोभिने घना मानवबस्ती तराईका केही नेताहरूलाई उत्तरतर्फ हिमशिखरपारिको प्रभावले ज्रि्रो छिटो चल्ने नेताहरूले राम्रोसँग चिनिसकेका हुँदा आफूलाई आवश्यक पर्दा काम लाग्ने र प्रयोगमा ल्याउन सकिने सम्झन्छन् र मौका पर्दा ल्याएका पनि छन् । त्यसो भए के नेपालमा राजनेता जन्मने योग नै छैन त ? ज्योतिषशास्त्रका ज्ञाताहरू के भन्नुहुन्छ ? उहाँहरूले चिनाउनुभएको धु्रवतारा सन्तनेता कृष्णप्रसाद भट्टराई पनि परलोक भइसक्नुभयो । कहीँ उहाँकै कुल, गोत्रमा अरू योग्य नेता छन् कि ? त्यो पनि ज्योतिषविज्ञहरूको खोजीमा होला । यदि ज्योतिषशास्त्रबाट र्सपझैं घिस्रिएर होइन, भ्यागुतोझैं उपेर फड्को मार्नेको योग छ भनी जोतिषशास्त्रीहरूले भन्न खोजेका हुन् भने पोखरीभित्र टाठा र क्षमतावान भ्यागुतो भएर पनि आफ्नो कद सानो भएर हो वा कसैले पछाडिबाट खुट्टा तानेर हो पोखरीको ठूलो डिललाई नाघेर फड्को मार्छुन्दा पुन: त्यही पोखरीमा झर्न बाध्य भएको देखिन्छ ।
जे होस्, यसरी जताततै राजनेता खोजी गर्दै हिँड्नुभन्दा आफ्नो देशभित्र हाल भएका राजनीतिक पार्टीहरूबाटै खोजी गर्नुपर्ने हुन्छ । राजनीतिक पार्टीलाई हामीले जसरी गाली गरे पनि देशमा राजनीतिक पार्टीको आवश्यकता पर्छ । पार्टीले नै जनतालाई सङ्गठित गराउँछ र छरिएको आवाजलाई एक सूत्रमा बाँध्न सकिन्छ । यथार्थमा भन्नुपर्दा आफ्नो देशमा हाल भएका राजनीतिक पार्टीबाटै हामीले आफ्नो नेता खोज्नुपर्छ । नपाउने ठाउँमा खोज्नु वा मरेका राजनेताको नाम जपेर पश्चात्ताप गर्नु देशलाई पछि धकेल्नु मात्र हो ।
यसो भनिरहँदा अर्को पनि प्रश्न अगाडि आइरहन्छ । अहिलेसम्म खै त देशको चिन्ता गर्ने व्यक्तिको जन्म भएको ? जता हेर्यो आफैं सानो एरिया आफ्नै पार्टीको मात्र कुरा सुन्ने, आफ्नो पार्टीका कार्यकर्ताले ठूलो अपराध गरे पनि बचाउ गर्ने बानी छोडेर सबै पार्टीका जनता नेपाली हुन् । नेपाली जनता मेरा पनि हुन् । सबैलाई समान व्यवहार र न्याय दिलाउनु मेरो कर्तव्य हो । म एउटा पार्टीको मात्र नभएर सबै पार्टीका सबै जनताको म साझा व्यक्ति हुँ भन्ने आदर्श देखाई राजनेता बन्न सुहाउने व्यक्ति आजसम्म देशले फेला पार्न सकेको छैन ।
हाम्रो मुलुकमा भएका ठूला पार्टीका नेताहरू किन यो सोच्दैनन् ? यद्यपि यो देशका सानो पार्टीको कुनै दायित्व छैन र त्यसभित्र पनि राजनेता बन्न सक्ने कोही छैन भन्न खोजेको होइन, तर ठूला पार्टीको जिम्मेवारी ठूलै हुनुपर्छ । यसरी हेर्दा अहिले देखिएका ठूलो पार्टी नेकपा माओवादी नेपाली काङ्ग्रेस र नेकपा एमाले हुन् । यद्यपि अहिलेलाई धेरै मानिसले त्यसै अनुसार ठूलो विचार, ठूलो छाती र उच्चकद देखाउन सक्नुपर्छ । त्यसो गर्न सकिँदैन र आफ्नो पार्टीका बुर्कौलाहरूको मात्र कुरा सुन्ने भए अरू पार्टीमा ठूलो गनिएको माओवादी पार्टीमा के भिन्नता पाउन सक्छन् जनताले ? त्यस्ता पनि माओवादी नेता पुष्पकमल दाहाल ? प्रचण्ड) बाबुराम भट्टराईजस्ता नेताहरूले आफूलाई अलि परिवर्तन गरेर ठूलो छाती र उच्च विचार देखाउन सक्नुपर्यो । छिमेकी देशलाई पाँडेगाली गर्दै हिँड्नु आफैंलाई होचो देखाउनु मात्र हुन्छ । त्यसले फाइदाभन्दा मित्रता टाढिँदै जान्छ भन्ने कुरा बुझनुपर्ने हो र सुहाउँदो र शिष्ट भाषा राजनेतामा हुनुपर्ने धेरै गुणमध्ये एउटा हो ।
कुनै पनि घरमा घरको मूली (मुख्य) ले सबै परिवारको चाहना बुझेर घर व्यवहार चलाएको हुन्छ । त्यसरी नै देशको ठूलो पार्टीलाई देशको मूली मानिन्छ । उसले आफ्नो देशको परिस्थिति, आवश्यकता र अरू पार्टीको विचारलाई सम्मान दिँदै काम गर्न किन सकिँदैन ? जसको अभावमा मुलुक झन्झन् दलदलमा फस्दै गएको छ । मलाई कताकता सम्झना आउँछ स्व. गिरिजाप्रसाद कोइरालाले आफ्नो अन्तिम अवस्थामा पुष्पकमल दाहालको हात समाउँदै ‘मपछि तपाईंको काँधमा जिम्मेवारी आउनेछ । तपाईंप्रति मेरो भरोसा छ, तपाईंले यो देश समाल्नु होला भनेको कुरा धेरै नेता तथा कार्यकर्ताले पनि सुनेका छन् । उहाँको त्यो विश्वास र भरोसालाई पनि सम्झेर यतिबेला देशमा एउटा राजनेताको अभाव खड्किरहेको मौका छोपेर आफ्ना पार्टीको सीमित घेरा तोड्दै केही साहसिला शान्ति-सम्झौता पूरा गर्दै कदम चालेर समयावधिभित्रै सबै जनता र पार्टीलाई मिल्दा जनआन्दोलनले अनुमोदन गरेको लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन र राजनेताको रूपमा देश हाँक्न पुष्पकमल दाहाललाई सफलता मिलोस् यही हाम्रो पनि शुभकामना ।