मुटुको धड्कन गडबडीको -सम्झना शाक्य

मुटुको धड्कन गडबडीको -सम्झना शाक्य


उपचार विधि : पेसमेकर
हाम्रो मुटु
मुटु एउटा शक्तिशाली मांसपेशीय अङ्ग हो जसले शरीरको विभिन्न अङ्गमा रगत पम्प गर्ने काम गर्छ । मुटुमा चारवटा कोठा हुन्छन्, ती दायाँ अरिकल, बायाँ अरिकल, दायाँ भेन्ट्रिकल र बायाँ भेन्ट्रिकल हुन् । जीवनको सुरुवातदेखि अन्तसम्म निरन्तर मुटु धड्किरहन्छ । मुटु धड्किने आपनै गति र तरिका हुन्छ । मुटु धड्किने आपनै गति र तरिका हुन्छ । कहिलेकहीँ मुटुको धड्कनमा खराबी आउन सक्छ । यसको असर सामान्य असहज महसुस हुनेदेखि लिएर ज्यानै जान सक्नेसमेत हुन सक्दछ । त्यसैले मुटुको धड्कनको खराबी भएमा सम्बन्धित चिकित्सकसँग जाँच पड्ताल गराई यसको उपचार गराउनुपर्छ । मुटुको धड्कन सामान्यभन्दा कम भएका व्यक्तिहरूको उपचारको एउटा विधि पेसमेकर हो ।
मुटुको धड्कन
बयस्क निरोगी मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटकसम्म धड्कन्छ । मुटु धड्कनका लागि मुटुमा विद्युतीय करेन्ट निस्किनुपर्ने हुन्छ, जुन दायाँ अरिकलमा रहेको साइनस नोडबाट निस्कने हुन्छ । यसलाई मुटुको प्राकृतिक पेसमेकर भनिन्छ । साइनस नोडबाट निस्केको विद्युतीय करेन्ट अरिकल र भेन्ट्रिकलको बीचमा रहेको ए.भी.नोड हुँदै भेन्टिकलमा प्रवेश गर्दछ र मुटु धड्किन्छ ।
धड्कनमा गडबडी आउनु भनोको के हो ?
मुटुभित्र रहेको स्वचालित विद्युतीय करेन्टमा गडबडी आएमा वा ढिला भएमा मुटुको धड्कन आवश्यकताभन्दा कम हुन जान्छ, फलस्वरूप मुटुले शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न सक्दैन । साइनस नोडमा गडबडी भएमा यसलाई सिक साइनस सिन्ड्रम भनिन्छ भने ए.भी. नोडमा गडबडी आएमा यसलाई हर्ट ब्लक भनिन्छ । यसका लक्षणहरू निम्न छन् ।
ड्ड चक्कर लाग्ने ।
ड्ड सास फेर्न गाह्रो हुने ।
ड्ड कमजोर तथा थकान महसुस हुने ।
ड्ड टाउको भारी तथा झुम्म हुने ।
ड्ड मूर्च्छा पर्ने ।
ड्ड मृत्युसमेत हुन सक्छ ।
पेसमेकर भनेको के हो ?
पेसमेकर एउटा सानो धातुको स्वचालित यन्त्र हो । यसमा ब्याट्री र विद्युतीय र्सर्किट हुन्छ र त्यसबाट एउटा विद्युतीय तार निस्किई मुटुको कोठामा गएको हुन्छ । यस यन्त्रले मुटुको धड्कन पहिचान गर्ने तथा निगरानी गरेको हुन्छ । मुटुको धड्कन कम भएमा पेसमेकरले तुरुन्त थाहा पाउँछ र पूर्वनिर्धारित गरेको गतिमा विद्युतीय करेन्ट निकाल्छ र सोहीअनुरूप मुटु धड्किन्छ । आप\mनै मुटुको धड्कन ठीक भएको अवस्थामा पेसमेकर निष्क्रिय भएर बस्दछ । पेसमेकरले बिरामीलाई सुरक्षा र सुविधा दिन्छ ।
पेसमेकर कसरी राखिन्छ ?
पेसमेकर क्याथ ल्याबमा लगेर राखिन्छ । यो राख्नका लागि बिरामीलाई बेहोस पार्नु पर्दैन । छातीको माथिल्लो भागमा कलर बोनको मुनि दायाँ वा बायाँतिर छाला लाटो पार्ने र्सुइ दिएर करिब दुई इन्चको घाउ बनाई छालामुनि पकेट बनाएर पेसमेकर ब्याट्री राखिन्छ । पेसमेकरको तार सबक्लेभिएन शिरा हुँदै मुटुको कोठामा लगिन्छ र ब्याट्रीसँग जोडिन्छ । सबै प्रक्रिया सकेपछि बिरामीलाई खोक्न लगाइन्छ, यसबाट पेसमेकर राम्ररी प्रत्यारोपण भए-नभएको कुरा थाहा हुन्छ ।
के भएमा तुरुन्तै अस्पताल आइहाल्नुपर्छ ?
ड्ड घाउबाट रगत वा पीप आएमा ।
ड्ड सास फेर्न गाह्रो भएमा ।
ड्ड छाती दुखेमा ।
ड्ड झुम्म भएर रिँगटा लागेमा ।
ड्ड धेरै हिक्क-हिक्क आएमा ।
सामान्यतया पेसमेकर राखेका बिरामीले गर्न सक्ने क्रियाकलापहरू :
ड्ड डाक्टरको सल्लाहअनुसार केही दिनपछि दैनिक क्रियाकलापहरू गर्न सकिन्छ : जस्तै : नुहाउने, लुगा धुने, यौनसर्म्पर्क, पेसागत काममा जाने, बगैँचामा काम गर्ने, खेलकुद गर्ने आदि ।
ड्ड विद्युतीय उपकरणहरू ज्ास्तै माइक्रोवेभ, भ्याकुम क्लिनर, रेडियो, टीभी, हेयर ड्रायर, वासिङमेसिनजस्ता सामग्रीहरूको प्रयोग गर्न हुन्छ ।
ड्ड एअरपोर्टमा जाँदा पेसमेकर परिचयपत्र अनिवार्य रूपमा बोक्नुपर्छ ।
ड्ड पेसमेकर लगाएको तीन महिनापछि सवारीसाधन चलाउनु हुन्छ ।
ड्ड दाँत निकाल्ने, दाँत बनाउने र राख्ने गर्न हुन्छ ।
ड्ड एक्सरे, यूएसजी, सीटी स्क्यानजस्ता मेडिकल टेस्टहरू गर्न हुन्छ ।
ड्ड रिमोट कन्ट्रोल प्रयोग गर्न हुन्छ ।
पेसमेकर राखेका बिरामीले गर्न नहुने क्रियाकलापहरू :
ड्ड अप्रेसनको सुरुका दिनमा अत्यधिक मात्रामा हात चलाउनुहुँदैन ।
ड्ड पेसमेकर राखेको ठाउँको घाउलाई घरीघरी छुने तथा चलाउने गर्नुहुँदैन ।
ड्ड पेसमेकर राखेकोपटि्टको हातले मोबाइल फोन उठाउन हुँदैन ।
ड्ड मोटल डिटेक्टरहरूलाई प्रत्यक्ष रूपमा पेसमेकरमाथि राख्नु हुँदैन ।
ड्ड चुम्बक या चुम्बकीय वस्तु पेसमेकरनजिकको पाकेटमा राख्नुहुँदैन ।
ड्ड वेल्डिङ मेसिन चलाउनु हुँदैन ।
ड्ड विद्युत्को पावरहाउसमा जानु हुँदैन ।
ड्ड एमआरआई गर्न हुँदैन ।
ड्ड प्रत्यक्ष सर्म्पर्कमा आउने खेलकुदहरू जस्तै: कुस्ती, भारत्तोलन आदि खेल्न हुँदैन ।
ड्ड पेसमेकर राखेकोतिरको हातले भारी सामान उठाउने, बच्चा बोक्ने, बसमा झुन्डिनेजस्ता क्रियाकलाप गर्नुहुँदैन ।
पेसमेकरको फलो अप कसरी गने
अप्रेसनको दुई हप्तापछि, त्यसपछि एक-दुई महिनामा र त्यसपछि वर्षको एक-दुईपटक डाक्टरसँग फलो अप गर्नुपर्छ ।
पेसमेकरको आयु साधारणतया १० वर्षको हुन्छ । ब्याट्री सकिन लागेमा पेसमेकर एकैचोटि बन्द नभई बिस्तारै गति कम हुन्छ र केही महिना राम्रैसँग चल्दछ । यसबीचमा फलो अपको समयमा पेसमेकर माथि चुम्बक राखेर ब्याट्री सकिन लागेको कुरा थाहा हुन्छ ।