लभ, मौसम र मेन्सन

लभ, मौसम र मेन्सन


■ विनोद त्रिपाठी

हजुरको चिठी नआउँदा निदाउन सकेकी छैन । बाले मेरो बिहेको कुरा गर्नुभा’छ । अघिल्लो बुधबार मलाई हेर्न केटा आथ्यो । मलाई छिटो भगाएर लैजानु । बुटौल भाग्ने कहिले हो ? के गर्ने हो ? एक महिनाभन्दा बढी भो, हजुरको चिठी किन नआएको ? रजिस्टरी गर्नु ल चिठी । छिटो आउँछ ।
– उही हजुरकी प्राणप्यारी, सरला ।

हिजो पीके क्याम्पसअगाडि देब्रे कुनातिर उभिएकी, रातो कुर्तासलवार लगाएकी, नीलो सल ओढेकी, नङ टोक्दै मसँग घरिघरि आँखा जुधाउनेलाई शनिबार ११ बजे त्यही अगाडिको समोसा पसलमा भेट्न चाहन्छु ।
– रातो क्याप लगाउने लुरे केटा ।

हाई । हाई के छ मोटु ? कहाँ हो तिमी ? म सुतिराखेको । तिमी के गर्दै ? म युसँग च्याट गर्दै । टी भयो ? उम । तिमीले नि ? उम भयो । आज मुभी हेर्ने ल ? कहाँ ? क्युएस हलमा के । ल । उम नाउ बाई ल, आज २ बजे हलमा आऊ । उम, मिस यू । उम बाई ।

माथिल्ला तीन हरफ फरक–फरक कालखण्डका प्रेम गर्ने औजार बने । हजुरआमा, आमा र छोरी अथवा हजुरबुबा, बुबा र छोराले भोगेका, देखेका आफ्नै अनुभवहरू हुन् यी । तल्लो हरफ भने अहिले चलिरहेको छ । आधुनिक युग शुरु भएपछि चिठीपत्रले प्रेम गरायो । अहिले वैज्ञानिक युगको वेग छ । यो कालखण्डमा शब्दका उडानहरू सेकेन्डमै मुटुभित्र घुस्न आइपुग्छन् । प्रेम गर्ने आधारहरू बदलिए । हरेक पुस्ताले प्रेमको तरिका फरकफरक अनुभव गरे । प्रेमले द्रुतता खोज्दै गयो । हाम्रा मनहरू अझै वेगले हुइँकिन चाहन्छन् । प्रकाशजस्तै । तर, प्रेम एक ब्रह्म सत्य हो । तरिका मात्र अदलबदल हो ।

अहिले रोपाइँको मौसम छ । यो विवाहको पनि महिना हो । विवाह एक प्रेमकै जञ्जिर मानिन्छ । रोपाइँ र विवाह हाम्रो समाजमा रसरगको परिणतिमा समाहित हुन्छ । रोपाहारबीचको प्रेम–जुहारी हाम्रो मौलिक सान्निध्य हो । रोपाइँसँग हाम्रो जिन्दगी छ । प्रेमसँग जीवनको गति छ । दुवैको गतिशीलतामा नेपाली युग चलिरहेको छ । तर, अहिले केही परिवर्तन छ । खेतमा काम गर्दा आँखा जुधाउनैपर्दैन । आलीमा थचक्क बस्यो । ओभानो हात बनाएर खुसुक्क मेसेज गऱ्यो । रिप्लाईले शरीर रिचार्ज गरिदियो । अर्को रिप्लाईले मनलाई रिस्टार्ट बनाइदियो । कता हो कता वासना फैलियो । एकैछिनमा सबै थकान चुर हुँदै अलप भयो । पार लगाउन नसकिने भनेकै प्रेमको शक्ति मात्र हो । यसको गुरुत्वाकर्षणबाट छुटकारा पाउने छुट धेरैलाई छैन ।

एक दशकअघि याहु मेसेन्जरबाट च्याटमा प्रेमलाप चल्थ्यो । पछि सम्बन्धहरू मोबाइलले जोड्यो । अहिले जुटाउने र फुटाउने फेसबुक नै सर्वाधिक चल्ती छ । तर, फेसबुक किशोरकिशोरी माझ गलत रूपमा ‘मेन्सन’ चलिरहेको छ । कारण हो, चिनेको र आफ्नै स्कुल कलेजको छ भनेजस्तो खराब व्यक्तिलाई पनि साथी बनाउनु । खासगरी किशोरीहरूलाई सिकाइएको तरिका नै गलत छ ।

प्रेममा बहकिनुपर्छ । नबहकिने प्रेममा डुब्न सकिन्न । जब बहकिन्न, प्रेमको पान नै हुँदैन । त्यो बहकाउ केवल प्रेमकै लागि हुनुपर्छ । धोका वा बेइमानका लागि होइन । नत्र प्रेम हुँदैन ।

भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई कामवासना र इन्द्रियहरूको चाहनामा गर्ने नियन्त्रणलाई श्रेष्ठकर भनेका छन् । तर, यही गीताको आठौँ अध्यायमा भनिएको छ, ‘जो अक्षय छ, त्यही परब्रह्म हो । मायामा यसको प्राप्ति हुन्छ ।’ प्रेमको वास्तविकतालाई श्रीकृष्णले नकारेका छैनन् । भागवत् गीतामा कामेच्छालाई प्रेमसँग जोडिएको छैन । तर, आधुनिककालका प्रेमज्ञाता रजनिशले भने योनि–लिङ्गको भोग नै सबैभन्दा ठूलो विजय भनेका छन् । रजनिशले घृणायुक्त वासनालाई अपराध भनेका छन् । वासनामा अनिवार्य प्रेम दर्शाइएको छ । वैचारिक अन्तरद्वन्द्व जे भए पनि प्रेम एक सत्य हो । आशक्त वा अनाशक्त प्रेममा अनिवार्य छैन ।

अहिले प्रेमको ट्रेन्ड नै बदलिएको छ । माया फेसबुक सञ्जाल मेन्सनमा जकडिएको छ । प्रेम गर्ने युथहरू खासै ट्विटर चलाउँदैनन् । ‘स र पी बाट नाम आउनेको मङ्सिरमा बिहे हुन्छ रेन्त । तेरो बीएफ मेरो बुढा । कालीको बीएफ म ।’ आदि विषयले युवायुवतीको प्रेम बगेको छ । पहिले प्रेमको परिणाम बिहे हुन्थ्यो । अहिले प्रेमको परिणाम बेस्ट फ्रेन्डमा चलेको छ । बिहे भए पनि फराकिलो मन हुन्छ । जुनसुकैको बीफ जीएफ भए पनि बिहे गर्दा हीनभावना हुँदैन । हाम्रो अघिल्लो पुस्तामा हीनभावना व्याप्त थियो । पहिले कसैसँग लभ परेको थियो कि थिएन, शङ्का गरिन्थ्यो । बिहेपछि महिलाहरू दबिएर बस्थे । अहिले यी सबै सोचमा व्यापक परिवर्तन छ ।

एक दशकअघि याहु मेसेन्जरबाट च्याटमा प्रेमलाप चल्थ्यो । पछि सम्बन्धहरू मोबाइलले जोड्यो । अहिले जुटाउने र फुटाउने फेसबुक नै सर्वाधिक चल्ती छ । तर, फेसबुक किशोरकिशोरी माझ गलत रूपमा ‘मेन्सन’ चलिरहेको छ । कारण हो, चिनेको र आफ्नै स्कुल कलेजको छ भनेजस्तो खराब व्यक्तिलाई पनि साथी बनाउनु । खासगरी किशोरीहरूलाई सिकाइएको तरिका नै गलत छ । नेपाली केटीहरूलाई फेसबुक चलाउने तरिका कसले कसरी सिकाइएको हो यो उदेकलाग्दो विषय छ । यही तरिका नजान्दा फेसबुकले जोड्ने सम्बन्धहरू फिका हुन थालेका छन् ।

केही समयअघिको कुरा हो । मैले पोर्चुगलकी एकजना केटीलाई रिक्वेस्ट पठाएँ । तुरुन्तै स्वीकार गरिन् । उनी त्यहाँ नर्सिङ पढ्दै गरेकी थिइन् । उनीसँग जोडिएका म्युचुअल अरू २–४ जना केटीलाई पनि रिक्वेस्ट गरेँ । उनीहरूले पनि तुरुन्तै स्वीकार गरे । सिभिल इन्जिनियर पढ्दै गरेका रहेछन् उनीहरू । उनीहरूसँग केहीबेर कुराकानी भयो ।

दक्षिण एसियन मुलुकहरू भारत, बंगलादेश, पाकिस्तान, अन्य मुस्लिम देशहरूमा निर्धक्कसँग केटीहरूले फेसबुक चलाउनै सकेका छैनन् । पछिल्लोपटक नेपालमा पनि त्यो समस्या चर्कन थालेको छ । चिनेको र सँगै पढेको केटा साथीलाई विश्वासले साथी बनाउँछन् अनि त्यहीँबाट घात–प्रतिघात शुरु हुन्छ ।

फेसबुक अहिले खासगरी तीन प्रकारले प्रयोगमा छ । व्यक्तिगत, व्यवसाय र सेवामूलक । व्यक्तिगत फेसबुकमा खासगरी १ सयदेखि हजार जनासम्म मात्र साथी बनाउनुपर्छ भन्ने हेक्का नेपाली केटीहरूमा निकै कम छ । चिनेको–जानेको भन्दैमा सबैलाई स्वीकार गर्ने प्रवृत्ति छ । नचिनेको टाढाको पनि असल र राम्रो व्यक्तिलाई साथी बनाउन सकिन्छ भन्ने चेतना निकै कमलाई मात्र छ । फेसबुकको नियममा भनेको छ, धेरै साथी नबनाऊँ । त्यसैले यसले ५ हजार बढी साथी बनाउन नपाउने नियम राखेको हो । यो पनि दशौँ करोड जनसङ्ख्या भएको मुलुकको आधारमा तय गरिएको नियम हो । फेसबुकको नियम आफैँले पनि पढ्न सकिन्छ । यसको वास्तविक प्रयोग विकसित मुलुकमा मात्र भएको देखिन्छ ।

हाम्राजस्ता अविकसित मुलुकमा अहिले फेसबुक चलाउन नजान्दा केटीहरू भयभीत हुनुपरेको छ । फेसबुक कुन प्रयोजनमा प्रयोग गर्ने हो, व्यक्तिगत, व्यवसायी र समाजसेवा त्यो निर्धारण गरेर सोही आधारमा साथी बनाउने हो । दक्षिण एसियन मुलुकहरू भारत, बंगलादेश, पाकिस्तान, अन्य मुस्लिम देशहरूमा निर्धक्कसँग केटीहरूले फेसबुक चलाउनै सकेका छैनन् । पछिल्लोपटक नेपालमा पनि त्यो समस्या चर्कन थालेको छ । चिनेको र सँगै पढेको केटा साथीलाई विश्वासले साथी बनाउँछन् अनि त्यहीँबाट घात–प्रतिघात शुरु हुन्छ । अझ कतिपय केटीहरूले आफ्नै इष्टमित्र पर्ने केटाहरूलाई साथी बनाएपछि ठूलो समस्या भोगेका छन् । विश्वासले नाताले दाजुभाइ पर्नेलाई फेसबुकमा साथी बनायो, अनि पासवर्ड माग्ने, फलानोलाई किन साथी बनाएको भनेर टर्चर दिने गरेका पीडा धेरै केटीले भोगेका छन् ।

यो समस्या तराईमा गम्भीर रूपमा छ । तराईमा अझै पनि अधिकांश केटीले निर्धक्क फेसबुक चलाउन पाएका छैनन् । किनकि खराब केटाहरूले चिनेकै केटीहरूलाई तनाव दिन फेसबुकको प्रयोग व्यापक गर्दै आएका छन् । तर, नचिनेको केटाले नचिनेको केटीलाई विश्वासघात गर्न कठिन हुन्छ । चिनेको केटीलाई अपराध मानसिकताका केटाले हेप्ने मात्र होइन, जीवन नै बर्बाद बनाइदिएका सयौँ उदाहरण छन् । नचिनेको केटामा अपराध गर्ने आँट कमै हुन्छ । किनकि नचिनेकोलाई व्यक्तिगत जानकारी नै हुँदैन । जति जानकारी हुन्छ उति दबाब र परिबन्धमा पार्न सकिन्छ भन्ने अपराध मानसिकता अविकसित मुलुकका केटा र प्रौढ पुरुषहरूमा पछिल्ला दिनहरूमा देखिएको डरलाग्दो ट्रेन्ड हो ।

सरकारले भर्खरै मात्रै विवाह नगरीकनै बच्चा पाउन केटीहरूलाई अधिकार प्रदान गरेको छ । अब हाम्रा दिदीबहिनीहरूले निर्धक्कसँग रोजेको पुरुषसँग सम्बन्ध राखेर बच्चा पाउन सक्छन् । यो निकै भव्य अधिकार हो । यो अधिकारले महिलालाई प्रेम गर्ने अधिकारलाई सुरक्षित गर्छ ।

अहिले सामाजिक सञ्जाल र मोबाइलको प्रयोगबाट अपराधीहरूले आफ्ना काम गर्न थालेपछि यसको उपयोगमा निकै सजगता अपनाउनुपर्ने बाध्यता छ । खासगरी, फेसबुक कम विकसित मुलुकहरूका महिलामा झनै जोखिम बन्दै गएको छ । अपराध मानसिकताका केटाहरू, प्रौढ पुरुषहरूले गर्दा सामाजिक सञ्जालमा हुने सम्बन्ध, प्रेमलाप र निकटतालाई धरापमा पारिदिएको छ । पछिल्लोपटक बदलिएको प्रेम ट्रेन्ड यिनै अपराधीहरूकै कारण प्रेमीमय पुरुषहरू आजित छन् । सबै पुरुष खराब छैनन् । सबै केटाहरू विश्वासघाती पनि छैनन् । यो बुझ्न छोडिसक्यो हाम्रो महिला समाजले । कारण पुरुषहरूकै विश्वासघात र अपराध हो । नचिनेको व्यक्तिसँग प्रेमको दूरी यस्तै अपराधी पुरुषहरूका कारण बढाइदियो । अहिले, कमविकसित मुलुकहरूमा केटीहरू नचिनेको केटालाई साथी बनाउनै सक्दैनन् । त्यसैले, यसमा नियन्त्रण मात्र होइन, यस्ता अपराधलाई अन्त्य गर्न प्रहरीले विशेष अप्रेसन चलाउनुपर्छ । प्रेम भनेको सम्बन्ध मात्र होइन, विश्वास हो । यो विश्वास भनेको जुनसुकै माध्यमबाट जोडिएको सम्बन्धमा इमानदारिता देखाउनु हो । इमानदार व्यक्ति विछोडमा पनि गलत कुरा सोच्दैन । प्रेमी मानिस सधैँ प्रेमीपन देखाइरहन्छ ।

हाम्रो सरकारले भर्खरै मात्रै विवाह नगरीकनै बच्चा पाउन केटीहरूलाई अधिकार प्रदान गरेको छ । यो अधिकार भारतमा छैन । किनकि विश्वमा सबैभन्दा डरलाग्दो महिला-हिंसा भारतमा छ । अब हाम्रा दिदीबहिनीहरूले निर्धक्कसँग रोजेको पुरुषसँग सम्बन्ध राखेर बच्चा पाउन सक्छन् । यो निकै भव्य अधिकार हो । यो अधिकारले महिलालाई प्रेम गर्ने अधिकारलाई सुरक्षित गर्छ ।

भनिन्छ, स्वतन्त्रताजस्तो ठूलो अधिकार केही हुँदैन । अहिले महिलालाई मौलिक जीवन बिताउने स्वतन्त्रता प्रदान गरिएको छ । प्रेमलाई कानुन र परम्पराले छेक्न हुँदैन । कहिलेकाहीँ परिधि नाघेर गरिएका प्रेमहरू घृणामा रूपान्तरित हुन सक्छन् । यसमा पनि प्रेमी बनेर समाधान निकाल्नुपर्छ । एउटा स्वतन्त्रपूर्वक बिताउने प्राणीका लागि स्वतन्त्र प्रेम गर्ने अधिकार नै न्यायपूर्ण हो । मौसमअनुसारको बाली धेरै फल्छ । त्यस्तो फल स्वास्थ्यका लागि फलदायी हुन्छ । त्यस्तै, समयअनुसार गर्ने प्रेमले स्वस्थ समाज निर्माण गर्छ । अपराधीहरूलाई नियन्त्रण गर्छ । विकसित समाजमा प्रेम गर्ने अधिकार सबैलाई छ । हरेकले हरेकलाई प्रेमको मेन्सन गरेर मौसमअनुसारको सम्बन्ध जोड्नुपर्छ । जो व्यक्तिले लभ गर्छ उसले आफ्नो प्रेमी–प्रेमिकालाई मेन्सन गर्छ । तर, जीवनभर टेन्सन दिँदैन । किनकि असल प्रेमीहरू नै टेन्सनबाट निकै टाढा हुन्छन् ।