छँदा लोकतन्त्र व्यवस्था उदार
पलाए अनेकौँ थरीका विकार
प्रजातन्त्रभन्दा अभैm उन्नतांश
बनायो कसैले यही नै नृशंश ।।१।।
मिलौँ, खाऊँ–लाऔँ, सबैले रमाऔँ
सबै एक आत्मा बनौँ वा बनाऔँ
थियो भावना स्वच्छताको नमुना
हराएर, आयो अनौठा जमाना ।।२।।
सधैँ लोकको चल्नुपथ्र्यो भनाइ
कुनै एउटाले गर्नथाल्यो रजाइँ
बनूँ आपूm मात्रै अरू जेसुकै हुन्
कराउन् कि रोऊन्, मरून् वा हराऊन् ।।३।।
बनेको छ नेता विजेता समान
उसैको छ हालीमुहाली कमान
गलाजोड गुण्डा–लफङ्गाहरूको
भयो एकता पश्चगामीहरूको ।।४।।
नमाने कसैले कुनै यो विधान
न ल्याए, बनाए नयाँ संविधान
कतै छैन कानुन नियाँ–निसाफ
हराए शहीदका रगतको हिसाब ।।५।।
मरे, मारिए, घाइते, अङ्गभङ्ग
बनेका हजारौँ रुँदैछन् अनङ्ग
बुझेनन् कहाँ को छ पीडा पिएको
कठै ! देश भो आज मर्दै जिएको ।।६।।
कुरा मात्र ठूला भए विश्व हाँक्ने
यसो गर्छु भन्दै रडाको फलाक्ने
गफाडीहरू मात्रको भो अखाडा
सधैँ खानका लागि झिक्ने बखेडा ।।७।।
कुनै छैन नेता इमान्दार, सोझो
घसेको खरानी शरीरै छ फुस्रो
सदा साधुको भेषमा छन् बिराला
मुसा मार्न सक्ने कतै छैन चाला ।।८।।
बढ्यो व्यक्तिवादी नराम्रो विचार
व्यवस्था बनायो त्यसैले खराब
हुँदा चेतनाको कमी हामीभित्र
भयो बिंड खुर्पा सरी लोकतन्त्र ।।९।।
थिए एक राजा अनेकौँ भएछन्
अहो ! देशलाई निचोरिसकेछन्
उठौँ निंद तोडी अफाली विवाद
पुन: सत्यताको गरौँ शङ्खनाद ।।१०।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं
प्रतिक्रिया