रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको फाईनलमा क्रोएसिया पुगेको छ । दोस्रो सेमीफाईनलमा ईङल्याण्डलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया इतिहासमा पहिलो पटक फाईनलमा पुगेको हो । पाँच पटक विश्वकप खेलेको क्रोएशिया पहिलो चोटी विश्वकपको फाइनलमा प्रवेश गरेको हो।
इङल्याण्डको टोलीलाइ स्तब्ध पार्दै क्रोएसियाले फाईनलमा फ्रान्सको सामना गर्नेछ । यसअघि सन् १९९८को विश्वकपमा सेमीफाईनलमा पराजित भएको क्रोएसिया पहिलो पटक फाईनल पुगेको हो ।
खेलको ५औं मिनेटमा कियरन ट्रिप्पीयरले फ्रिकीक मार्फत गोल गर्दै ईङल्याण्डलाई १-० को अग्रता दिलाएका थिए। सन् १९९६ पछि पहिलोपटक फाइनलमा पुग्ने इंग्ल्याण्डको सपना स्ट्राइकर मारिया मान्डजुकिकले अतिरिक्त समयको १ सय ९ औं मिनेट इभान पेरिसिकको फ्लिकमा निर्णायक गोल गरेका थिए।
पराजित इंग्ल्याण्डले भने अब तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग खेल्नेछ ।
प्रतिक्रिया