मनमोहन स्मृति कराते शनिबारदेखि

मनमोहन स्मृति कराते शनिबारदेखि


नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो घन्टाघरको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता असार ३० गते शनिबार देखि हुने भएको छ ।

प्रतियोगितामा करिब ३ सय खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवम् प्रतियोगिता संयोजक हरिबहादुर राउतले जनाएका छन् ।

पुरुषमा ११ र महिलामा १० स्पर्धा समावेश छन् । एकदिने प्रतियोगिताका खेलहरू पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछ ।