फिफा विश्वकप फुटबलको सेमिफाइनल खेल सम्पन्न भएका छन् । सेमिफाइनलमा फ्रान्सविरुद्ध बेल्जियम र इंग्ल्यान्डविरुद्ध क्रोएसियाको भीडन्त भएको थियो । असार २६ गते मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १–० र २७ गते बुधबार भएको दोस्रो सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ । सेमिफाइनलको समीकरण पूरा भएसँगै ‘रसिया विश्वकप फुटबल–२०१८’को फाइनलमा फ्रान्स र क्रोएसिया पुगेका छन् । क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो ।
अब कसले जित्ला त २१औैँ विश्वकपको उपाधि ? यो सबैको चासो र प्रतीक्षाको विषय बनेको छ । प्रमुख दाबेदार टिम जर्मनी, अर्जेन्टिना, ब्राजिल, उरुग्वे, स्पेन, बेल्जियम र इंग्ल्यान्ड विश्वकपबाट बाहिरिसकेको अवस्थामा यी दुईमध्ये एउटा टिम विश्व च्याम्पियन बन्ने पक्का भएको छ । क्रोएसियाले जिते विश्वकप फुटबलको उपाधि पहिलोपटक जित्नेछ र विश्वकप इतिहासमा नयाँ हरफ कोरिने छ ।
१० हजार प्रत्यक्ष र ६ करोड टीभीमार्फत हेरिरहेका बेलायती दर्शकलाई निराश पार्दै क्रोएसिया विश्वकपको फाइनलमा पुगेको छ । फ्रान्ससँगको फाइनल भिडन्तमा क्रोएसियाले कस्तो प्रदर्शन गर्ला, यो अत्यन्त उत्सुकताको विषय बनेको छ । यदि क्रोएसियाले विश्वकपको उपाधि जितेमा विश्वकपको लागि कोसेढुङ्गा सावित हुनेछ । यसर्थमा कि विश्वकप जित्ने क्रोएसिया नयाँ अनुहार हुनेछ ।
यसरी, फिफा विश्वकप फुटबल प्रतियोगिता यतिबेला अहम अनि निर्णायक मोडमा पुगेको छ । क्वाटर फाइनलमा भएको उलटफेरको विश्लेषण गर्दा इङ्गल्याण्ड मात्र त्यस्तो टीम हो जसले अहिले यो विश्वकपमा सबैलाई चकित पार्दै सेमिफाइनलमा पुगिसकेको छ । यो विश्वकपमा इङ्गल्याण्डले युवा खेलाडीको टीमलाई उतारेको थियो । जसको नेतृत्व २४ वर्षीय कप्तान हेरी केनले गरेका थिए ।
युवा र त्यति नाम नचलेका खेलाडी भएरै होला यो विश्वकपमा इङ्गल्याण्डको त्यति चर्चा गरिएको थिएन । तर तिनै युवा खेलाडीहरुले आफ्नो नेचुरल गेम देखाउँदै इङ्गल्याण्डलाई सेमिफाइनलसम्म पु¥याइदिए । कप्तान हेरी केनले यो विश्वकपमा सर्वाधिक ६ गोल गरेर सबैलाई आश्चर्य चकित पारे । क्वाटर फाइनलमा स्वीडेन जस्तो सशक्त टीमलाई पराजित गर्नु उसको चानचुने सफलता थिएन ।
त्यस्तै विश्वकप २०१८ को शुभारम्भसँगै विश्वकपको दाबेदारमा प्रचार गरिएको बेल्जियमले क्वाटर फाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गरेपछि बेल्जियमलाई विश्वकपको प्रमुख दाबेदारका रूपमा हेरिएकोे थियो । लिगचरणदेखि क्वाटर फाइनलसम्म अपराजित रहेको बेल्जियमले आफुलाई दाबेदारको रुपमै खेल प्रदर्शन गर्दै आए पनि अन्ततः फ्रान्ससँग पराजित हुनुपर्यो, जुन परिणामलाई अप्रत्यासित नतिजाको रूपमा हेरिएको छ ।

जहाँसम्म फ्रान्सको टीमको सवाल छ, अपराजित टीमको छवि बनाएर आफ्नो बर्चस्व निकै कायम गगरेको छ । प्रिक्वाटर फाइनलमा अर्जेन्टिना र क्वाटर फाइनलमा उरुग्वे जस्ता विश्वकपका दाबेदार टीमलाई पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको फ्रान्स बेल्जियमलाई हराएपछि अन्ततः अहिले विश्वकपको बलियो र प्रमुख दाबेदारको रुपमा देखिएको छ ।
विश्वभरका फुटबल विज्ञहरूको अड्कललाई गलत सावित गर्दै इङ्गल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । विश्वकप–२०१८ मा इङ्गल्याण्डले अहिलेसम्म खेलेका पाँच खेलमा चारवटामा विजय हासिल गरेको पनि थियो । लिग चरणको एउटा खेलमा मात्रै इङ्गल्याण्ड बेल्जियमसंग पराजित भएको थियो । लिग चरणका दुई खेल लगातार जितेर अन्तिम सोह्रमा पुगेको इङ्गल्याण्डले बेल्जियमसंगको खेलमा आफ्ना युवा खेलाडीलाई उतारेको थियो ।
त्यस्तै इङ्गल्याण्डले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीको पोस्टमा ११ गोल गर्न सफल भएको छ भने ३ गोल आफुले खाएको छ । इङ्गल्याण्डले सन् १९६६ अर्थात ५२ बर्ष पहिले विश्वकपको उपाधि जितेको थियो । फुटबलको पावर हाउसको रुपमा चिनिने इङ्ल्याण्ड त्यसपछि क्वाटर फाइनलसम्म पुगेपनि त्यो भन्दा अगाडि बढ्न सकेको इतिहास थिएन । तर यसपटक सेमीफाइनलमा पुगेको मात्र नभई विश्वकप नै जित्ने प्रबल दाबेदारको रूपमा चर्चामा रहेर पनि उ अन्ततः त्यहीँ अड्किन पुगेको छ । अपराजित टीम क्रोएसियाले उसको विश्वकप सपनालाई यसपटक तुहाइदिएको छ ।
अन्ततः धेरैकोे अनुमान र कल्पनाविपरीत क्रोएसिया र फ्रान्सबीच विश्वकप हत्याउने रोमाञ्चक भीडन्त हुने भएको छ । राम्रो प्रस्तुति दिएको फ्रान्सले सशक्त क्रोएसियाविरुद्ध कस्तो रणकौशल प्रदर्शन गर्छ या विश्वभरका फुटबल प्रशंसकहरूको मन जित्न सफल क्रोयसियाले फ्रान्सजस्तो प्रशंसित टिमविरुद्धको प्रस्तुति कुन लयमा दिन्छ, यसै भन्न नसकिने अवस्था छ । यी दुई मध्ये कुन टीमले विश्वकपको बाजी मार्ने हो, यसका लागि फाइनल गेमसम्म धैर्यताका साथ प्रतीक्षा गर्नुको विकल्प छैन ।
यतिबेला सेमिफाइनलमा पुगेका कुनै पनि टीम १९ छैनन्, सवै २० छन् । यस्तो अवस्थामा जस्ले पनि बाजी मार्न सक्ने अवस्था उत्तिकै छ । प्रिक्वाटर फाइनलमा एसियाली राष्ट्र जापानले घुरुघुरु रुवाएको बेल्जियमले क्वाटरफाइनलमा ब्राजिललाई सहजै हराउने कल्पना गरिएको थिएन् । कुन राष्ट्रले कस्तो खेल्छ, त्यहि अनुसार खेलले स्वरुप बन्छ । यो विश्वकपमा अहिलेसम्म यस्तै भैरहेको छ । स्पेनसंग क्वाटर फाइनलमा आयोजक राष्ट्र रसियाले खेलेको रक्षात्मक खेल आफैमा प्रशंसा गर्न लायक थियो । त्यहि रक्षात्मक खेलका कारण रसिया क्वाटर फाइनलमा पुगेका थियो । तर यो विश्वकपमा स्पेनको जस्तो सट पास भन्दा एरेल पास र सुटमा विश्वास राख्ने फ्रान्स, क्रोसिया र इङ्गल्याण्डमध्य कस्लाई भाग्यले साथ दिन्छ त्यो प्रतिक्षाको विषय बनेको छ । साँचोरुपमा भन्नुपर्दा पहिलो पोल अर्थात फ्रान्स र बेल्जियम भन्दा दोश्रो पोल इङ्गल्याण्ड र क्रोएसियाको अलि सहज देखिन्छ । पहिलो पोलमा अनुमान लगाउन अलि गाह्रो देखिन्छ भने दोश्रो पोलमा इङ्गल्याण्डले जित्ने कुरामा अड्कल काट्न सकिने अवस्था छ । र पनि अन्तमा, यो विश्वकप हो, जे पनि हुनसक्छ, अडकल र अनुमान गलत सावित पनि हुन सक्छन् ।
प्रतिक्रिया