पेताङ महासंघका श्रेष्ठ मलेसिया प्रस्थान

पेताङ महासंघका श्रेष्ठ मलेसिया प्रस्थान


एसियाली बलर्स स्पोर्टस् कन्फिडेरेसनको वार्षिक साधारणसभामा सहभागी हुन नेपाल पेताङ महासंघका वरिष्ठ उपाध्यक्ष एवम् जी फोर एसका कन्ट्री डाइरेक्टर महेश श्रेष्ठ मलेसियाको क्वालालम्पुर प्रस्थान गरेका छन् ।

एसियाली पेताङ बल्स फेडेरेसनको निमन्त्रणमा श्रेष्ठ साधारणसभामा भाग लिन जान लागेका हुन् । साधारणसभा जुलाई १३ देखि १७ तारिखसम्म हुनेछ । उनलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापाले बिदाइ गरे ।