सिरियामा हवाई कारबाहीमा परी २८ सर्वसाधारणको मृत्यु

सिरियामा हवाई कारबाहीमा परी २८ सर्वसाधारणको मृत्यु


सिरियाको पूर्वी प्रान्त देइर जोरमा इस्लामिक स्टेट्स आतंककारी समूहलक्षित हवाई कारबाहीमा परी कम्तीमा २८ सर्वसाधारणको मृत्यु भएको छ ।

मानवअधिकारवादी समूहले शुक्रबार सो जानकारी दिएको छ । इराकको सीमा क्षेत्रमा पर्ने अल सोउसा नजिकै रहेको एउटा कारखानामा जम्मा भएका सर्वसाधारण सो कारबाहीको सिकार भएका थिए ।

बेलायतसँग आबद्ध मानवअधिकारवादी समूह सिरियन अब्जरभेटी फर ह्युम्यान राइट्सले सो हताहतको जानकारी दिएको छ ।

यो हवाई आक्रमण अमेरिकी या इराकी कुन जहाजबाट भएको हो भन्नेबारेमा भने केही प्रस्ट भएको छैन ।

सो क्षेत्रमा केही दिनअघि पनि यस्तै कारबाही भएको थियो । सो कारबाहीमा परी दर्जनौँ व्यक्तिको ज्यान गएको थियो ।