बेलायतलाई २-० ले हराउँदै बेल्जियम बन्यो तेस्रो विजेता

बेलायतलाई २-० ले हराउँदै बेल्जियम बन्यो तेस्रो विजेता


फिफा विश्वकपको सेमीफाइनलमा पराजित भएर वल्र्ड कप विजेताको उपाधि हासिल गर्ने होडबाट बाहिरिए पनि टूर्नामेन्टमा आफ्नो शानदार प्रदर्शनका कारण फुटबलप्रेमीहरूको दिल जित्न सफल टिम हुन् बेल्जियम र इङ्ग्ल्याण्ड । यिनै दुई टिमबीच आज तेस्रो स्थानको लागि प्रतियोगिता सम्पन्न भएको छ । मस्कोबाट ‘विजयी विदाई’ लिनका निम्ति भएको आजको खेलमा २–० ले बेलायतलाई पराजित तुल्याउँदै बेल्जियमले फिफा विश्वकपको तेस्रो स्थान हात पारेको छ ।

विश्वकपमा यसअघि तेस्रो स्थानको लागि हुने प्रतियोगितालाई खास महत्व दिइँदैनथ्यो । तर यसपटक तेस्रो स्थानको प्लेअफ विजेता टिमलाई पनि २४ करोड डलर को भारी रकमबाट पुरस्कृत गरिने भएकोले यस गेमको महत्व बढेको छ । चौथो हुने टिमलाई समेत २२ करोड डलर हात पर्ने भएकोले रुसमा जारी २१औँ विश्वकपमा प्रतिष्पर्धा तीव्र भएको हो ।